पाँचथर । पाँचथर खेलकुद विकास समितिकाे अध्यक्षमा सन्तोष मोक्तान नियुक्त भएका छन् । मोक्तान पूर्व फुटबल खेलाडी हुन् । उनि ब्याटमिटनको समेत राम्रा खेलाडी हुन् ।
१ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गते बसेकाे बैठकले मोक्तानलाई चार बर्से कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो ।
फिदिम निवासी मोक्तान नेपाली कांग्रेसका पाँचथर क्षेत्रिय कार्यसमिति “क”का सचिव समेत हुन् ।