बिष्णु अधिकारी
जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पाँचथरको फिदिम नगरपालीका ,मिक्लाजुङ,तुम्बेवाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् ।
कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार पाँचथरमा बर्खे र चैते गरी १४ हजार ४ सय ५१ हेक्टरमा धान खेती हुने गरेको छ। फिदिम नगरपालिका वडा नं ११ सेजेपामा चैतेधान रोप्न किसानहरू बिहानै खेतमा भेटिन्छन् । फिदिम ११ सेजेपा र फ्याउदिनमा गरेर पाँच सय रोपनिमा चैतेधान लगाउने गरेका छन् ।
अघिल्लो बर्ष कुलो बिग्रेको कारणले धान रोप्न छोडेका किसान यो बर्ष धान खेतिमा जोड्दार लागिरहेका छन् । किसान यो बर्ष राम्रो आम्दानी हुने अनुमान किसानको छ । शुक्रबार परेको बर्षाले किसानमा उत्साह बढाएको छ । धान रोप्ने समयमा बर्षाले ठुलोराहत भएको किसान कुमार न्यौपाने बताउछन् ।
फिदिम नगरपालिका १ नाम्दु ,फिदिम ११ फेगुम्वा फेवादिन , सेजेपा र फिदिम ४ थापाटारमा चैतेधान रोप्ने गरेका छन् । मिक्लाजुङकाे बाझगरा,नावाखाेला र साँवा खाेला आसपासमा धान राेप्ने गरीन्छ ।