पाँचथर । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँचथरकी कान्ता रिजाललाई राजदुतमा सिफारिस गरेको छ । साबिक आङसराङ १ मेहेलबोटेकी रिजाललाई सरकारले इजरायलको लागी राजदूतमा सिफारीस गरेको हो ।
कान्ता रिजाल पुराना कांग्रेस नेता गणेश रिजालकी छोरी हुन् । गणेश रिजाल पाँचथरका पूर्व कांग्रेस पार्टी सभापती हुन् । उनि २०१५ सालका सांसद समेत हुन् ।
राजनीतिक नियुक्तिको आधारमा कांग्रेसको कोटाबाट रीजाल राजदूतमा सिफारिस भइकी हुन् । उनी लामो समयबाट कांग्रेसको राजनितिमा संकृय छिन् । उनि कांग्रेसको महासमिति सदस्य समेत हुन् । रिजाल पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेद्धार समेत थिइन् । रिजालले महिला विकास अधिकृतको रुपमा समेत काम गरेको अनुभव रहेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रिजाल सहित राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको हो ।
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो।