पाँचथर । साहित्यकार तथा समाजसेवी रामबहादुर गुरुङ अर्थात रामप्रकाश ‘समथिङ’ लाई जनसेवाश्री पदकबाट विभूषति गरिने भएको छ ।
संवधिान दिवसको अवसरमा उनलाई सरकारले सो पदवीबाट सम्मान गर्ने घोषणा गरेको हो । मन्त्रपिरषिद्को सफिारिसमा राष्ट्रपती विद्यादेवि भण्डारीबाट समाजसेवी गुरुङलाई सो पदक प्रदान गरिने घोषणा भएको हो ।
गुरुङ विगत ३ दशकभन्दा लामो समयदेखी साहित्य तथा लेखन क्षेत्रमा सक्रिय छन् । गुरुङका हाल सम्म ५३ वटा पुस्तक प्रकाशन भइसकेका छन् ।
गुरुङले २०७४ सालमा एकै पटक २५ वटा किताव प्रकाशन गरेका थिए । गुरुङले साहित्य र समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाले सरकारले सो पदवी प्रदान गरेको हो ।