तेह्रथुम । ऐतिहासिक आठराई मदन मेला २०७८ मा जारी श्रीकृष्ण मेमोरियल फुटबल प्रतियोगितामा महिलातर्फ पाँचथरको पिवाइसी फाक्तेप र कणर्सिं सोनाम स्मृति एफसी ताप्लेजुङ आज उपाधिको लागी प्रतिस्पर्धा गर्दै छन् ।
मंगलबार त्रि(मोहन माविको खेलमैदानमा भएको दुई सेमिफाइनल खेलबाट पाँचथर र ताप्लेजुङ फाइनलमा प्रवेश गरेको हो । उपाधि भिडन्तका लागि आज दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो खेलमा ताप्लेजुङले मदन मेला आयोजक समितिलाई १-० गोलले पराजित गरेको थियो । दोस्रो खेलबाट पाँचथरले जित निकाल्दै ताप्लेजुङसँग फाइनल भेट पक्का गर्यो ।
छोटी बजार खाम्लालुङलाई पराजित गर्दै पाँचथरले फाइनलमा स्थान बनायो । आज हुने फाइनल खेलको विजेताले नगद ६५ हजार र उपविजेताले ४० हजार पाउनेछन् ।