सक्रान्ती । तेह्रथुमको सक्रान्ती बजारमा जारी फुटलब प्रतियोगितामा पाँचथरको महिला फुटबल टिम उपाधि नजिक पुगेको छ ।
मंगलबार भएको सेमिफाइनल खेलमा तेह्रथुमलाई हराउदै पाँचथरको फाक्तेप फुटबल क्लब फाइनल प्रबेश गरेको छ । फाइनल प्रबेश गरेको पाँचथरको टिमले कम्तीमा ४० हजार सुरक्षित गरेको छ ।
स्पर्धी तेह्रथुमको खाम्लालुङ महिला फुटबल टिमलाई १—० गोलअन्तरले पराजित गर्दै फाक्तेप फाइनल प्रवेश गरेको छ । फाक्तेपका लागि मनिता तुम्रोकले गरेको गोलनै निणर्यक बन्यो ।
बुधबार हुने फाइनलमा पाँचथरको टिमले ताप्लेजुङ संग प्रतिस्पर्धा गर्ने छ ।
८ टिम सहभागी महिलातर्फको विजेता टोलीले नगद ६५ हजार पाउनेछ भने उपविजेताले ४० हजारमा चित्त बुझाउनु पर्नेछ