पाँचथर ।पाँचथर उद्योग वाणिज्य संघ को अधिवेशनमा सत्तारुढ दललाई झड्का लागेको छ ।
अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित भएका छन् ।१२ औँ अधिवेशनबाट अध्यक्षमा नवराज घिमिरे विजयी भएका छन् । घिमिरे ७९ मतले विजयी भए ।
घिमिरेले मत६५२ प्राप्त गरे। भने अधिकारीले मत ५७३प्राप्त गरेका छन् ।
अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुन् ।
काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र संघिय समाजवादी बिच गठबन्धन थियो ।
घिमिरे नेकपा (एमाले) का हुन् । एमाले र राप्रपाको गठबन्धन थियो ।
स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो ।
पदाधिकारीमा सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजयी भएका छन्।