दिपक बोहोरा
२०७४ को स्थानीय तह निर्वाचनलाई फर्केर हेर्दा पाँचथरमा एमाले र कांग्रेसको पकड देखिन्छ । केहि पालिकामा नेकपा माओबादी केन्द्रको पनि राम्रो उपस्थिती देखिन्छ ।
पाँचथरमा आठ स्थानिय तह मध्ये ४ स्थानिय तह कांग्रेसले जितेको थियो । एमालेले त्यसबेला ३ स्थानिय तह जितेको थियो । १ वटा स्थानिय तह माओबादी केन्द्रले जितेको थियो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङको निधन भए पछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेद्धार बिरबहादुर कुरुम्बाङले जितेका थिए । उनि नेकपा फुटे पछि एमालेमै बसे पछि एमालेले ४ पालिका बनाएको छ ।
एमालेले प्रमुख जितेकाबाहेक थप दुई स्थानीय तहमा उपप्रमुख पद जितेको थियो ।
सदरमुकाम समेत रहेको फिदिम
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँचथरको एक मात्र नगरपालिका र सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट नगर प्रमुखमा ओनाहाङ नेम्बाङ ६ हजार ९ सय ६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले ५ हजार ४ सय मत ल्याएका थिए । माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले ३ हजार ८ सय ८३ मत ल्याएका थिए । अन्य पार्टीहरुले १ हजार मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार उर्मिला श्रेष्ठ ६ हजार ५ सय १८ मत ल्याएकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार एमालेकी मुना नेम्बाङले ५ हजार ८ सय ५० मत पाएकी थिइन् । यस्तै माओवादी केन्द्रकी रमना लकान्द्रीले ३ हजार ५ सय ३६ मत ल्याएकी थिइन् । राप्रपाका टिकाहाङ जवेगुले १ हजार १३ मत ल्याएका थिए ।
फिदिम नगरपालीकामा रहेका १४ वडा मध्ये का्रग्रेसले सर्वाधिक ९ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा एमाले ३ वडा जित्दा माओवादीले पनि २ वडा जितेको थियो । कांग्रेसले जितेको फिदिम वडा नम्बर १ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएकाले उप निर्वाचन भएको थियो । उप निर्वाचनमा तत्कालीन नेकपाका (अहिले एमाले) उम्मेद्धार गजाधर भट्टराई निर्वाचि भएका थिए । का्रग्र्रेसले ९ वाट एक गुमाएर ८ वटा वडा र एमालेले ३ वाट एक थपेर ४ वडा जितेको थियो । एमालले जितेका वडा नम्बर ५ का वडाध्यक्ष लिलाराज तुम्बापोको निधन भए पनि उपनिर्वाचन भएन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा फिदिम नगरपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका हर्क मोक्तान : ७ सय ७४ मत
एमालेका गजाधर भट्टराई : ७ सय ६९ मत
राप्रपाका जगत थापा मगर : २०९ मत
माओवादी केन्द्रका सागर नेम्बाङ : २ सय ८१ मत
उपनिर्वाचन २०७६
वडा अध्यक्ष निर्वाचित नेकपा गजाधर भट्टराइ : १४ सय ४६ मत
कांग्रेसका सुवराज थापा : ९ सय ७२ मत
राप्रपाका मिलन गिरी : ७६ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका सुकपाल तुम्वापो : ५ सय ५७ मत
एमालेका दिननाथ अधिकारी : ४ सय ८८ मत
माओवादी केन्द्रका लिला प्रसाद ढुङगाना : ८० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका नरेन्द्र गुरुङ : २ सय १७ मत
एमालेका मनकुमार राई : १ सय ९२ मत
राप्रपाका सुरेन्द्र राई : १९० मत
माओवादी केन्द्रका गोपाल राई : १४० मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका प्रकास गुरुङ : ४ सय ९२ मत
एमालेका पृथ्वी लावती : ४ सय २० मत
राप्रपाका उपेन्द्र लावती : ३५७ मत
वडा नं. ५ :
एमालेका लिलाराज तुम्बापो ६ सय ३५ मत ल्याएर विजयी
काँग्रेसका भरत तुम्बापो ः ६ सय २५ मत
माओवादी केन्द्रका मोहनसिं तुम्बापो ः १सय ७ मत
वडा नं. ६ :
काँग्रेसका जहरमान तुम्रोक ६ सय ७४ मत ल्याएर विजयी
एमालेका धन प्रसाद सारु मगर : ४ सय १० मत
माओवादी केन्द्रका राजकुमार राई : २ सय ५९ मत
वडा नं. ७ :
काँग्रेसका गोपाल प्रसाद गुरुङ ४ सय ३९ मत ल्याएर विजयी
माओवादी केन्द्रका सन्तबहादुर राई : ३ सय ८९ मत
एमालेका चेतबहादुर लिम्बु : ३ सय १५ मत
वडा नं. ८ :
वडा अध्यक्ष निर्वाचित एमालेका सेरबहादुर नेम्बाङ : ५ सय १५ मत
माओवादी केन्द्रका पासाङ तामाङ : ३ सय २९ मत
कांग्रेसका हर्कबहादुर गुरुङ : ३ सय २० मत
वडा नं. ९ :
काँग्रेसका बालकृष्ण लावती ४७७ मत ल्याएर निर्वाचित
एमालेका भक्तबहादुर सिगु : ३ सय ८७ मत
राप्रपाका नेत्रप्रसाद लावती : ९० मत
वडा नं. १० :
काँग्रेसकी वीरहाङमा थाम्सुहाङ ३ सय ७१ मत ल्याएर विजयी
माओवादी केन्द्रका मणीकुमार थाम्सुहाङ : ३ सय १९ मत
एमालेका टंक प्रसाद एक्तेन : १ सय ७९ मत
राप्रपाका ओमराज थाम्सुहाङ : १ सय ७८ मत
वडा नं. ११ :
काँग्रेसका श्री प्रसाद घिमिरे ५ सय २५ मत ल्याएर विजयी
एमालेका पृथीराम एकतेन : ४ सय ९६ मत
माओवादी याम कुमार आङबो : २ सय ८८ मत
वडा नं. १२ :
माओवादी केन्द्रका प्रेमनारायण आर्चाय ४सय ५ मत ल्याएर विजयी
कांग्रेसका ओमबहादुर : ३ सय ९३ मत
एमालेका पर्शुराम राई : ३ सय ८१ मत
वडा नं. १३ :
माओवादी केन्द्रका टिकाप्रकाश नेम्बाङ ६ सय ६२ मत ल्याएर विजयी
एमालेका बुद्धिप्रसाद नेम्बाङ : ४ सय ४५ मत
कांग्रेसका गजेन्द्र राई : ३ सय ३७ मत
वडा नं. १४ :
एमालेका हेमबहादुर फागो ४ सय १४ मत ल्याएर विजयी
काँग्रेसका राजेन्द्र राई : ४ सय ११ मत
माओवादी केन्द्रका देउकुमार थुलुङ : २ सय ७६ मत
स्थानीय तह निर्वाचन विशेष : फालेलुङ गाउँपालिकाको यस्तो थियो २०७४ सालकोे मत परिणाम
भारत सँग सिमाना जोडिएको फालेलुङ गाउँपालिकामा पर्यटकीय सम्भावना बोकेको पालिका हो । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने फालोट, तीन सिमाना, चारराते प्रचुर संभावनाले युक्त सुप्रसिद्ध पर्यटकीय गन्तव्यहरु हुन् । वर्षको ४ महिना हिउँले ढाक्ने यी क्षेत्रमा २८ प्रजातिका गुराँसहरु तथा दर्जन बढी प्रजातिका अमूल्य जडिबुटीहरु पाइन्छन् ।
साविक पाँचवटा गाविसलाई मिलाएर फालेलुङ गाँउपालिका निर्माण भएको हो । याङनामको केहि भाग, सिदिन,प्राङबुङ,मेमेङ र एकतिन गा.बि.स मिलेर यो पालिका बनेको हो ।
फालेलुङ गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । फालेलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा कांग्रेसले जितेको थियो । माओबादीले ३ वडा र एमालेले २ वडा जितेको थियो ।
फालेलुङ गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा सञ्चकुमार केरुङ २ हजार ९ सय ९६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका महेन्द्रहाङ जबेगुले २ हजार ८ सय ३४ मत ल्याएका थिए । नेकपा एमालेका कमलप्रसाद जवेगुले २ हजार ७ सय ६२ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै, उपप्रमुख तर्फ नेपाली कांग्रेसकी उम्मेदवार हिमा अधिकारीले २ हजार ९ सय ८१ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार नेकपा माओबादी केन्द्रकी कविता थाम्सुहाङले २ हजार ८ सय ४५ मत पाएकी थिइन् । यस्तै, नेकपा एमालेकी तारावती राईले २ हजार ७ सय २३ मत ल्याएकी थिइन् ।
फालेलुङ गाउँपालिकामा रहेका ८ वडा मध्ये कांग्रेस र नेकपा माओबादी केन्द्रले ३ वटा वडामा जीत हासिल गरेको थियो । एमालेले २ वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा फालेलुङ गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका श्रीप्रसाद जवेगु : ५ सय मत
माओबादी केन्द्रका डिल्लराम रिजाल : २ सय ४४ मत
कांग्रेसका कर्णबहादुर आङवो : १ सय ९६ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा माओबादी केन्द्रका तिलबहादुर खत्री ः ४ सय ७२ मत
एमालेका विजय गुरागाई ः ४ सय ९ मत
कांग्रेसका केशव गुरागाई ः २ सय ९३ मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित कांग्रेसका विरबिक्रम थाम्सुहाङ ः ५ सय २२ मत
माओबादी केन्द्रका सोमबहादुर राई ः ३ सय २४ मत
एमाले थिरबहादुर माङमु ः ३सय १७ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेकपा माओबादीका सिद्धिमान सावदेन : ३ सय ७० मत
कांग्रेसका रामचन्द्र गुरुङ ः २ सय ७८ मत
एमालेका देवीप्रसाद राई ः २ सय ३८ मत
वडा नं. ५ :
कांग्रेसका जीवनकुमा राई ७ सय १६ मत ल्याएर विजयी
मओबादी केन्द्रका मैतबहादुर लिवाङ : ५ सय ६४ मत
एमालेका हर्कमान राई : ३ सय ५२ मत
वडा नं. ६ :
एमालेका सुजता बान्तवा राई ३ सय ८६ मत ल्याएर विजयी
कांग्रेसका दीपककुमार राई ः ३ सय १३ मत
मओबादी केन्द्रका महेन्द्रवीर राई ः ४८ मत
वडा नं. ७ :
कांग्रेसका शेरबहादुर केरुङ ४ सय २८ मत ल्याएर विजयी
मओबादी केन्द्रका सन्तकुमार केरुङ : ३ सय ६४ मत
एमालेका इन्द्रबहादुर मगर : २ सय ७४ मत
वडा नं. ८ :
माओबादी केन्द्रका पदमकुमार फागो ५ सय ९५ मत ल्याएर विजयी
कांग्रेसका खगेन्द्र केरुङ : ३ सय ९० मत
एमालेका धनबहादुर हाङसरुम्बा : ५६ मत
स्थानीय तह निर्वाचन विशेष : हिलिहाङ गाउँपालिकाको यस्तो थियो २०७४ सालकोे मत परिणाम
हिलिहाङ गाउँपालिका साबिकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा.वि.स.हरु मिलेर बनेको पालिका हो । सामाजिक तथा सांस्कृतिक ऐतिहासिक पहिचानको सम्मान गर्दै यस गाउँपालिकाको नाम हिलिहाङ नामाकरण गरिएको हो । जोरपोखरी, आगेजुङ्ग गुम्बा, हिलिहाङ दरबार परिसर, मिलुङ (मृदुङ्गा) झरना, डोप्किले सानोपाथिभरा आदि यस गाउँपालिकाको पर्यटकिय स्थलहरु हुन् ।
हिलिहाङ गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालले जितेको थियो । हिलिहाङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ७ वटै वडा एमाले जितेको थियो ।तर, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन भएपछि २०७६ सालमा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलबिक्रम इदिङगो निर्वाचित हुँदै हिलिहाङमा कांग्रेसको तर्फबाट खाता खोलेका थिए ।
हिलिहाङ गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा भुवानीप्रसाद लिङदेनले ४ हजार १ सय ६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका समरबहादुर अधिकारीले ३ हजार ४ सय ४ मत ल्याएका थिए । नेकपा माओबादी केन्द्रका रविन तिम्सिनाले ३ सय ९३ मत ल्याएका थिए । अन्य उम्मेद्धारहरुले ४ सय मत ल्याउन सकेन्न ।
यस्तै, उपप्रमुख तर्फ नेकपा एमालेकी उम्मेदवार सुमित्रा सेढाइले ४ हजार २ सय ५५ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी तारा योङहाङले ३ हजार २ सय १९ मत प्राप्त गरेकी थिइन् । यस्तै, नेकपा माओबादी केन्द्रकी एलिसा वाग्लेले ४ सय ७२ मत ल्याएकी थिइन् ।
हिलिहाङ गाउँपालिकामा रहेका ७ वडा मध्ये सबै वडामा नेकपा एमालले जीत हासिल गरेको थियो । २०७४ सालको निर्वाचनमा हिहिहाङ गाँउपालिकामा नेकपा एमालेले क्लिनस्विपनै गरेको थियो । तर, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन भए छि २०७६ सालमा भएको उपनिर्वाचन कांग्रेसका तिलबिक्रम इदिङगो निर्वाचित हुँदै हिलिहाङमा कांग्रेसको तर्फबाट खाता खोलेका थिए ।
हिलिहाङ वडा नम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद सिगूको उपचारको क्रममा निधन भएको थियो । तर, उक्त वडामा उपनिर्वाचन भएको छैन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा हिलिहाङ गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका गोपीकृष्ण भण्डारी : ५ सय ५२ मत
नेपाली कांग्रेसका कैलासमान लिङदेन : ५ सय ३२ मत
नेकपा माओबादी केन्द्रकी झनमाया श्रेष्ठ : २५ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका भिमप्रसाद हेम्ब्या : ५ सय २७ मत
कांग्रेसका हरिकेशर खत्री : ३ सय ८२ मत
माओबादी केन्द्रका मदनकुमार भट्टराई : ३ सय ४६ मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका मदन गौतम : ४ सय ८९ मत
नेपाली कांग्रेसका देउकुमार योङहाङ : २ सय ४२ मत
राप्रपाका कृष्णबहादुर योङहाङ : १ सय ३२ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका श्रीप्रसाद सिगू : ५ सय ३८ मत
नेपाली कांग्रेसका टेकराज योङहाङ : ४ सय २६ मत
माओबादी केन्द्रका केदारनाथ गिरी : २४ मत
वडा नं. ५ :
नेकपा एमालेका लक्ष्मीप्रसाद सुहाङ ७ सय ६ मत ल्याएर विजयी
नेपाली कांग्रेसका तिलकप्रसाद सुहाङ : ५ सय २३ मत
राप्रपाका मानबहादुर योङहाङ : १ सय ३४ मत
वडा नं. ६ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका कृष्णबहादुर लिम्बू : ६ सय १८ मत
नेपाली कांग्रेसका गणेशप्रसाद योङहाङ : ५ सय ४३ मत
संघिय समाजबादी फोरमका धनसिं हाङसुरुम्बा : १ सय २९ मत
वडा नं. ७ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका तिर्थराज तिम्सिना : ७ सय १९ मत
नेपाली कांग्रेसका डिल्लिप्रसाद सुबेदी : ४ सय ९९ मत
संघिय समाजबादी फोरमका धिरेन्द्र योक्पाङदेन : ४२ मत
उपनिर्वाचन २०७६
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका तिलबिक्रम इघिङगो : ८ सय ४२ मत
नेकपाका गेहनाथ रिजाल : ८ सय १२ मत
स्थानीय तह निर्वाचन विशेष : याङवर गाउँपालिकाको यस्तो थियो २०७४ सालकोे मत परिणाम
सिक्किम संग सिमाना जोडिएको उत्तरी गाउँपालिका हो याङवरक गाँउपालिका । सा विक पाँचवटा गाविसलाई मिलाएर गाँउपालिका निर्माण भएको हो । च्याङथापु, फलौचा,ओयाम, थर्पु र नागी गा.बि.स मिलेर यो पालिका बनेको हो ।
यो गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।याङवरकमा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा एमालेले जितेको थिायो । कांग्रेस २ वडा जितेको थियो । याङवरक गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा लेखनाथ घिमिरे ३ हजार ७ सय ४८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर निगोले ३ हजार ४ सय ४९ मत ल्याएका थिए । माओबादी केन्द्रका भीमकुमार मावोले ३ सय ३२ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै उपप्रमुख तर्फ एमालेकी उम्मेदवार कमलकुमारी योङहाङले ३ हजार ५ सय ७६ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी कल्पना कोइरालाले २ हजार ८ सय ७२ मत पाएकी थिइन् । यस्तै माओबादी केन्द्रकी इन्दिरा पोखरेले ३ सय ९० मत ल्याएकी थिइन् ।
याङवर गाउँपालिकामा रहेका ६ वडा मध्ये एमाले सर्वाधिक ४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा कांग्रेसले २ वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा याङवरक गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका मोहनकुमार ढुंगेल : ४ सय १९ मत
कांग्रेसका देवकुमार चाम्लीङ : ३ सय ९१ मत
माओबादी केन्द्रका तेजेन्द्र राई : ९७ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका देउकुमार योङहाङ : ६ सय ८८ मत
एमालेका शान्त प्रसाद बेघा : ५ सय ८८ मत
स्वतन्त्र उमेद्धार नरबहादुर माङमो : ५० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित कांग्रेसका मविन्द्र योङया : ८ सय ३६ मत
एमालेका भिमबहादुर योङया : ७ सय ८९ मत
राप्रपाका पदमबहादुर योङया : ३० मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित एमालेका शहरनन्द योङया : ५ सय ७१ मत
कांग्रेसका खैनबहादुर योङया : ५ सय ३८ मत
राप्रपाका विजयप्रकास काम्बाङ : २ सय १० मत
वडा नं. ५ :
नेकपा एमालेका टेकनाथ न्यौपाने ७ सय ६ मत ल्याएर विजयी
काँग्रेसका चन्द्रमणी बाँस्कोटा : ३ सय ६ मत
मओबादी केन्द्रका प्रेमकुमार लक्सम : ९९ मत
वडा नं. ६ :
एमालेका ताराबहादुर योङया ७ सय ८ मत ल्याएर विजयी
कांग्रेसका प्रेमराज काफ्ले : ४ सय ४७ मत
फाल्गुनन्द गाउँपालिका : यस्तो थियो २०७४ सालकोे मत परिणाम
फाल्गुनन्द गाँउपालिका धार्मिक तथा पर्यटकिय क्षेत्र हो । पाँचथरको यो लब्रेकुटी, सिलौटी डाडा, पौवाभञ्ज्याङ, तिजोक डाँडा, नाम्तोक डाँडा, सुकेपोखरी लगायत अन्य थुप्रै प्राकृतिक तथा नाम्सामी–केसामी, युमा माङहिम, सिंहदेवी मन्दिर, निवुखोला स्थित पवित्र तिर्थस्थल साप्सु आदिजस्ता धार्मिक सम्पदाहरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ७ वडामा बिभाजन गरीएको छ ।
फाल्गुनन्द गाउँपालिका राजनैतिक बिरासतक बोकेको ठाउँ हो ।
भुबिक्रम नेम्बाङ, प्रेमराज आङदेम्बे, देउमान आङदेम्बे, नरेन्द्र नेम्बाङ देखि कांग्रेसका बर्तमान सहमहामन्त्री भिष्मराज आङदेम्बे र अन्य धेरै पहिचानबादी नेताहरुको जन्मभूमि समेत हो फाल्गुनन्द गाउँपालिका । सविधानसभाले जारी गरेको नेपालको संविधान २०७२ मा पहिलो हस्ताक्षरकर्ता अइन्द्रसुन्दर नेम्बाङ पनि यहि गाउँपालिकाका हुन् ।
यो गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । तत्कालीन गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा तत्कालीन नेकपाले जितेको थियो । का्र्रंग्रेसले जितेको एक गाउँपालिका उपनिर्वाचनमा गुमाएको थियो ।
साविकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप र आङसराङ गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा ईलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा कुम्मायक गाउँपालिका, उत्तरमा फिदिम नगरपालिका र दक्षिणमा मिक्लाजुङ गाउँपालिका रहेका छन् । यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रमा पर्छ ।
फालगुनन्द गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा अमरकुमार नेम्बाङ ४ हजार १ सय ६३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विरबहादुर कुरुम्बाङले ३ हजार ३ सय ६७ मत ल्याएका थिए । माओबादी केन्द्रका ठाकुर सिं नेम्बाङले ७ सय ४४ मत ल्याएका थिए । अन्य पार्टीहरुले ५ सय मत समेत ल्याउन सकेका थिएन्न ।
तत्कालीन गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपा (हाल नेकपा एमाले) का विरबहादुर कुरुम्बाङ ५ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५ सय ६६ मत ल्याएका थिए । संघीय समाजबादीकी विमला आङदेम्बेले ३ सय २० मत ल्याएकी थिइन् ।
यस्तै, उपप्रमुख तर्फ कांग्रेसकी उम्मेदवार देवित्रा आङदेम्बे ३ हजार ९ सय ५३ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार एमालेकी करुण राईले ३ हजार ३ सय ९४ मत पाएकी थिइन् । यस्त,ै माओबादी केन्द्रकी तिर्थहाङमा नेम्बाङले ६ सय ९८ मत ल्याएकी थिइन् ।
फाल्गुनन्द गाउँपालिकामा रहेका ७ वडा मध्ये कांग्रेसले सर्वाधिक ५ वडामा जीत हासिल गरेको थियो । एमाले र नेकपा मालेले एक एक वटा वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा फाल्गुनन्द गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित कांग्रेसका होमप्रसाद आङदेम्बे : ८ सय ७४ मत
माओबादी केन्द्रका दिलकुमार आङदेम्बे : ३ सय ६२ मत
एमालेका खगेन्द्र आङदेम्बे : २ सय ६२ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा मालेका बहादुर सिं नेम्बाङ : ३ सय ७० मत
एमालेका देशकुमार नेम्बाङ : २ सय ८५ मत
कांग्रेसका दुर्गाभक्त लिम्बू : १६७ मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका सुखविर नेम्बाङ : ७ सय १७ मत
नेकपा एमालेका मुक्तिनाथ आर्चाय : ५ सय ७२ मत
सघिंय समाजबादी फोरम नेपालका तिलकुमार नेम्बाङ : २ सय ४२ मत
वडा नं. ४ :
नेकपा एमालेका मनबहादुर नेम्बाङ ६ सय ६ मत ल्याएर विजयी
काँग्रेसका अगमबहादुर नेम्बाङ : ३ सय ६ मत
माओबादी केन्द्रका मोतीराज नेम्बाङ : ३ सय २ मत
वडा नं. ५ :
नेपाली कांग्रेसका अबिचन्द्र नेम्बाङ ५ सय ६७ मत ल्याएर विजयी
नेकपा एमालेका टिकाचन्द्र चेम्जोङ : ५ सय २ मत
सघिंय समाजबादी फोरम नेपालका बलिराज चेम्जोङ : १ सय ४६ मत
राप्रपाका घनेन्द्र चेम्जोङ : १ सय ७ मत
वडा नं. ६ :
नेपाली कांग्रेसका नारायण प्रसाद आङदेम्बे ७ सय २ मत ल्याएर विजयी
नेकपा एमालेका देउप्रसाद आङदेम्बे : ५ सय ६२ मत
माओबादी केन्द्रका चन्द्रबहादुर चेम्जोङ : १६ मत
वडा नं. ७ :
कांग्रेसका लिला बल्बब नेपाल ५ सय ४३ मत ल्याएर विजयी
एमालेका फुङगाप्रसाद आङदेम्बे : ३ सय ७० मत
राष्ट्रिय जनमुक्ति पार्टिका चन्द्रबहादुर चेम्जोङ : १ सय ८४ मत
मिक्लाजुङ गाउँपालिका : यस्तो थियो २०७४ सालकोे मत परिणाम
सदरमुकाम फिदिमबाट निकै टाढा रहेका छ मिक्लाजुङ गाउँपालिका । यो गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रले जितेको थियो । पाँचथरमा एक गाउँपालिका जितेको माओबादी केन्द्रले मिक्लजुङमा खाता खोलेको थियो । मिक्लाजुङ गाउँपालिकामा माओबादी केन्द्रले अध्यक्ष सहित ३ वटा वडा जितेको थियो । एमालेले उपाध्यक्ष सहित ४ वडा जितेको थियो । १ वटा वडा जितेर कांग्रेस क्लिन चिट हुनबाट जोगीएको थियो ।
साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् ।
मिक्लाजुङ गाउँपालिकामा माओबादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा अमरराज माखिम ३ हजार ७ सय ६२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनकुमार फियाकले ३ हजार २ सय ९६ मत ल्याएका थिए । कांग्रेसका खड्क सुन्दर लावतीले २ हजार ५ सय ९ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै, उपप्रमुख तर्फ एमालेकी उम्मेदवार उर्मिला राईले ३ हजार ५ सय ६ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार माओबादी केन्द्रकी जुनुकुमारी लावतीले ३ हजार १ सय १४ मत पाएकी थिइन् । यस्तै कांग्रेसकी सुनमाया राईले २ हजार ६ सय ५० मत ल्याएकी थिइन् ।
मिक्लाजुङ गाउँपालिकामा रहेका ८ वडा मध्ये एमाले सर्वाधिक ४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा माओबादी केन्द्रले ३ वडा जित्दा कांग्रेसले पनि १ वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मिक्लाजुङ गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित माओबादी केन्द्रका विष्णुकुमार राई ः ४ सय २१ मत
एमालेका भिमबहादुर आङदेम्बे : ३ सय २१ मत
कांग्रेसका भगेन्द्रकुमार आङदेम्बे : २ सय ३द्ध मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका सन्तकुमार सेर्मा : ६ सय ८ मत
एमालेका कविराज सेर्मा : ४ सय ३९ मत
माओवादी केन्द्रका ढकेन्द्र भट्टराई : ८७ मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित एमालेका हस्तराज फियाक : ६ सय ७० मत
कांग्रेसका जीवनहाङ फियाक : ४ सय ५६ मत
माओवादी केन्द्रका छत्रबहादुर फियाक : २ सय १२ मत
वडा नं. ४ ः
वडा अध्यक्ष निर्वाचित माओबादी केन्द्रका रामकुमार राई ः ९ सय ५६ मत
एमालेका नरकुमार राई ः ३ सय ९८ मत
कांग्रेसका जयकुमार राई ः २ सय ६९ मत
वडा नं. ५ :
माओबादी केन्द्रका अविशन लावती ८ सय ३३ मत ल्याएर विजयी
काँग्रेसका अग्नीप्रसाद लावती : ३ सय २ मत
एमालेका बलबहादुर लावती : १सय ३३ मत
स.लो.राष्ट्रिय मञ्चका प्रेमकुमार लावती : १ सय ३० मत
वडा नं. ६ :
एमालेका फडिन्द्र प्रसाद घिमिरे ४ सय ४७ मत ल्याएर विजयी
माओवादी केन्द्रका पुर्णकुमार आङबोहाङ : २ सय १९ मत
कांग्रेसका ज्ञानबहादुर तामाङ : १ सय १७ मत
वडा नं. ७ :
एमालेका मिनराज माखिम ५ सय ११ मत ल्याएर विजयी
कांग्रेसका रेवतबहादुर माखिम : २ सय ६ मत
माओवादी केन्द्रका हेमचन्द्र रेग्मी : २ सय ३ मत
वडा नं. ८ :
एमालेका रामेश्वर वाजी ६ सय १० मत ल्याएर विजयी
कांग्रेसका नगेन्द्रकुमार लामा : ४ सय ६६ मत
माओवादी केन्द्रका सुर्यबहादुर वाजी : १ सय ३८ मत
स्थानीय तह निर्वाचन विशेष : कुम्मायक गाउँपालिकाको यस्तो थियो २०७४ सालकोे मत परिणाम
कुम्मायक गाउँपालिका साबिक यासोक,रानिगाउँ,स्याबरुम्बा र माङजाबुङ गा.वि.स मिलेर बनेको पालिका हो । पाँचथरको सुख्ख क्षेत्रमा रहेको यो पालिकाका अधिकाशं ठाउँ सुख्खा क्षेत्र हुन् । कुम्माय गाउँपालिकाको केन्द्र यासोक बजार हो । कुम्मायक गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली नेकपा एमालले जितेको थियो । कुम्मायक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा एमाले जितेको थियो । एउटा वडा स्वतन्त्र उम्मेद्धारले जितेका थिए ।
कुम्मायक गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा जयबहादुर चेम्जोङ ३ हजार २ सय २६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर चेम्जोङले २ हजार ३ मत ल्याएका थिए । नेकपा माओबादी केन्द्रका तारावी कुँवरले ४ सय १० मत ल्याएका थिए ।
यस्तै, उपप्रमुख तर्फ नेकपा एमालेकी उम्मेदवार सीता आर्चायले ३ हजार २ सय ८५ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार राप्रपाका जितबहादुर अगुवाले १ हजार १ सय ३८ मत प्राप्त गरेका थिए । यस्तै, सघिंय समाजबादी पार्टीका सुर्यकिरण राईले २ सय १२ मत ल्याएका थिए ।
कुम्मायक गाउँपालिकामा रहेका ५ वडा मध्ये सर्वाधिक नेकपा एमालले ४ वटा वडामा जीत हासिल गरेको थियो । एउटा वडामा स्वतन्त्र उम्मेद्धारले जितेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कुम्माय गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित स्वतन्त्र उम्मेद्धार (हाल जनता समाजबादी पार्टी ) देबेन्द्र कुमार लावती : ५ सय ७ मत
नेकपा एमालेका खड्कबहादुर बराल : ४ सय ७४ मत
राप्रपाका टठबहादुर घिमिरे : ३ सय ४४ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका बालकृष्ण शेमा (हाल नेकपा एकिकृत समाजबादी पार्टि ) : ७ सय १ मत
कांग्रेसका लोकबहादुर निरौला : ५ सय ४४ मत
माओबादी केन्द्रका डिकेन्द्रकुमार शेर्मा : १ सय ८० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका रामप्रसाद गजुरेल : ५ सय ५ मत
नेपाली कांग्रेसका कमलबिक्रम सम्हाम्फे : २ सय ९० मत
संघिय समाजबादी फोरम नेपालका कविन्द्र सम्हाम्फे : १७ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका पुर्णबहादुर खड्का : ५ सय ५७ मत
राष्ट्रिय जनमुक्ती पार्टिका सुर्य सम्हाम्फ : १ सय २२ मत
नेपाली कांग्रेसका नन्दिकेशर निरौला : ६५ मत
वडा नं. ५ :
नेकपा एमालेका यामबहादुर बोहोरा ७ सय ११ मत ल्याएर विजयी
मओबादी केन्द्रका महेन्द्रबहादुर खड्का : ३ सय ३८ मत
राप्रपाका कुलबहादुर चेम्जोङ : ४३ मत
तुम्वेवा गाउँपालिकाको यस्तो थियो २०७४ सालकोे मत परिणाम
तुम्वेवा गाउँपालिका साबिक मौवा,आङना, वलने र हाङगुम गा.वि.स मिलेर बनेको पालिका हो । सुख्खा क्षेत्रमा रहेको यो पालिकाका अधिकाशं ठाउँ सुख्खा क्षेत्र हुन् । तुम्वेवा गाउँपालिकाको केन्द्र मौवा बजार हो । सामाजिक तथा सांस्कृतिक ऐतिहासिक पहिचानको सम्मान गर्दै यस गाउँपालिकाको नाम तुम्वेवा नामाकरण गरिएको हो ।
तुम्वेवा गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । तुम्वेवा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा होमनाथ थापा २ हजार ३ सय ५० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका देबेन्द्र खत्रीले १ हजार ९ सय ९३ मत ल्याएका थिए । तुम्वेवा गाउँपालिकामा एमाले र माओबादी मिलेर चुनाव लडेका लड्दा कांग्रेस र राप्रपा पनि मिलेर चुनाब लडेका थिए ।
यस्तै , उपप्रमुख तर्फ नेकपा एमालेका उम्मेदवार धनप्रसाद साँवा १ हजार ९ सय ६४ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिस्पर्धी उम्मेदवार राप्रपाका घलेन्द्रबहादुर लिम्बूले १ हजार ५ सय ४१ मत प्राप्त गरेका थिए । यस्तै, नयाँ शक्ती पार्टीका सुर्यबहादुर सम्हाम्फेले १ सय १७ मत ल्याएका थिए ।
तुम्वेवा गाउँपालिकामा रहेका ५ वडा मध्ये सर्वाधिक नेकपा एमालले ३ वटा वडामा जीत हासिल गरेको थियो । २ वडामा कांग्रेसका उम्मेद्धारले जितेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तुम्वेवा गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका मोतीराज तामाङ : ३ सय २५ मत
मओबादी केन्द्रका धनबहादुर कार्की : ३ सय ७ मत
नेपाली कांग्रेसका ज्ञानबहादुर भण्डारी : २ सय ८३ मत
संघिय समाजबादी फोरम नेपालका माङसा सम्हम्फे : ११ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका पूणर्कुमार पिठाकोटे : ४ सय ८ मत
मओबादी केन्द्रका ख्यामबहादुर निरौला : २ सय ६८ मत
नेपाली कांग्रेसका भक्तबहादुर लावती : २ सय ५० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका कमल थापा : ४ सय १५ मत
नेपाली कांग्रेसका बाबुराम खड्का : ३ सय ६६ मत
संघिय समाजबादी फोरम नेपालका द्रोणकुमार सम्हाम्फे : ४४ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका डिलेन्द्र कुमार शेर्मा : ४ सय ९३ मत
नेकपा एमालेका कृष्णप्रसाद राई : ४ सय २७ मत
संघिय समाजबादी फोरम नेपालका रतनबहादुर शेर्मा : ५९ मत
वडा नं. ५ :
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका कुलदेव कुरुम्बाङ : ६ सय ६७ मत
नेकपा एमालेका पूणर्कुमार राई : ६ सय ६० मत
संघिय समाजबादी फोरम नेपालका यादबप्रसाद कुरुम्बाङ : २३ मत