पाँचथर– पाँचथरको उत्तरी फालेलुङ गाँउपालीका वार्ड न. ६ मा तीन वटा भवन उद्घाटन गरीएको छ । वार्ड कार्यालयभवन, आधारभुत स्वास्थ्य भवन तथा शान्ति दिप महिला भवनको उद्घाटन भएको हो ।
एकैदिन तीनवटा भवनको उद्घाटन गरीएको हो । पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य बसन्त कुमार नेम्बाङ, गाँँउपालीका अध्यक्ष सञ्चकुमार केरुङ, उपाध्यक्ष हिमा अधिकारीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका थिए ।
स्थानीय बासिन्दाले निशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरीएको वार्ड अध्यक्ष सुजता वान्तावाले जानकारी दिईन ।
वार्ड भवन ३५ लाख, स्वास्थ्य केन्द्र २९ लाख ८५ हजार र शान्ति दिप महिला भवन २४ लाख २५ हजार रुपैँया बजेटमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा जग्गा दातालाई सम्मान गरीएको थियो ।
वार्डकार्यलयका लागि रामवीर राई र सविता राई, भद्रमान राई र देउमाया राई तथा सोमति राईले जग्गा उपलब्ध गराएका थिए । यस्तै स्वास्थ्य केन्द्रका लागि हर्कविर राई र सुकप्रसाद राई, महिला भवनका लागि सुकबहादुर मेयोङहाङ र कल्पना राई मेयोहाङले जग्गा उपलब्ध गराएका थिए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री नेम्बाङले विकासका काममा सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रममा च्याब्रुङ नाच, साकेला नाँच जस्ता सास्कृतीक प्रस्तुती समेत राखिएका थिए ।