पाँचथर ।जिल्ला प्रशासन कार्यालय पाँचथर इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ।
पाँचथर प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने एक सूचना जारी गर्दै इजाजत लिई राखेका हतियार बुझाउन निर्देशन दिएका हुन्।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखेका हतियार बुझाउन भनिएको हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन भनिएको प्रजिअ न्याैपानेले बताए।
तोकिएको समयमा हतियार नबुझाएमा कानुनबमोजिम भई जानेसमेत जारी सूचनामा उल्लेख छ।