काठमाडौं । जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो । उक्त पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।
मनोविज्ञ ज्ञवालीले जापानमा रहेका झण्डै एक लाख नेपाली मध्ये कुक भिसामा पुगेका १२ हजार ४ सय भन्दा बढीको संघर्ष र भोगाइ माथि गरिएको अनुसन्धानलाई गैर अध्ययन शैलीमा प्रस्तुत गरेका छन् ।
गैर आवासीय नेपाली संघ जापानकी उपाध्यक्ष संगीत अधिकारी सुवेदी, लेखक पत्रकार राजकुमार बाँनिया, समाजशास्त्री डा. निती अर्याल, स्वास्थ्य अनुसन्धानकर्ता डा. प्रकाश शाक्य, लेखक÷ पत्रकार जनकराज सापकोटा र लेखक स्वयंमा पुस्तक लोकापर्ण गरे ।
पुस्तकमाथि अन्तरक्रिया कार्यक्रममा डा. नितीले तथ्याङ्कमा आधारित यथार्थ कथाहरूको सुन्दर प्रस्तुति रहेको पुस्तक सबैको लागि उपयुक्त रहेको बताएका थिए ।
पत्रकार सापकोटाले पुस्तक पत्रकारको रिपोर्ट, आख्यानकारको आख्यान र अनुसन्धानकर्ताको लागि अनुसन्धानको प्रतिवेदनजस्तो सबै स्वाद र समायोजन रहेको पुस्तक सुन्दर रहेको बताए ।
राजकुमार बाँनियाले पुस्तक आपूmले पढ्न र अरू पाठकलाई पनि पढ्न सिफारिस गर्न योग्य रहेको धारणा राखे ।
लेखक ज्ञवालीले आपूm जापानमा बस्दा देखेको, भोगेको र अनुभव गरेको समस्यालाई कुकहरूसित नै कुराकानी गरेर तय गरेकोले सबैको लागि उपयुक्त हुन सक्ने आपूmलाई लागेको बताएका थिए ।