कुमार खड्का
सामाजिक संजालमा फेदाप गाउँपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको औंषधी विषयमा भएको प्रचारमा गाउँपालिकाको ध्यानकार्षण भएको बताएको छ । पालिकाले खरिद गरेको औषधिबारे भ्रामक अर्नरगल कपोल कल्पित प्रचार गरिएको फेदाप गाँउपालिकाले जनाएको छ ।
फेदाप गाउँपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको औंषधी कम गुणस्तर र कमिसनको लोभमा म्याद गुज्रन लागेको औषधी खरिद गरेको भनेर सामाजिक संजाल र केही युटुब च्यानमा आएको समचारको विषयलाई लिएर फेदाप गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।
औषधी खरिद प्रकरणमा पालिकामा कार्यरत कर्मचारीलको मिलेमतो रहेको भन्ने विषय सार्वजनिक भए सँगै फेदाप गाउँपालिकाले कार्यपालिकाको १४औं बैठकले प्रबत्ता नविन चन्द्र चोङबाङ्गको संयोजकत्वमा ३ सदस्य छानविन समिती गठन गरेको थियो ।
छानविन टोलीमा राजनैतिक दल नेपाली काँग्रेस नेकपा माओबादी समेतका प्रतीनिधि सहभागी गराइएको थियो ।
प्रतिनिधिले खरिद प्रकरणको छानविन गरेका थिए।छानविन समितीको प्रतिबेदन सार्वजनिक गर्दै कम गुणस्तर औषधी सगैं म्याद गुज्रीन लागेको औंषधी नपाईएको र प्रासारित समचार गलत भएको पत्रकार सम्मेनमा जानकारी दिइएको छ। कानुन त औंषधी उत्पादक कम्पनीले उत्पादन गरेको औषधी उत्पादीत मितीले ६०देखी ७५ प्रतिशत समय सिमा राखेर खरिद गर्नु पर्ने कानुनी व्यावस्था रहेको छ।
पत्रकार सम्मेनमा स्वास्थ्य शाखामा अत्यावस्यक स्वास्थ्य सामाग्री खरिद ऐन २०६३मा व्यावस्था भए बमोजिम ४ लाख ६७ हजारको मात्रै अत्याआबस्य औंषधी खरिद गरिएको र बाँकी २५ बराबरीको औंषधी शिलवन्दि आवहान गरी खरिद चरणमा रहेको फेदाप गाउँपालिका अध्यक्ष हरी प्रसाद चोङबाङ्गले जानकारी दिए ।औंषधी खरिद प्रकरणा घोटला भएको विषयमा कपोल कल्पित र भ्रामक रहेको समेत बताईएको छ।
अध्यक्ष चोङ्बाङले पालिकाले नियम अनुसार ५ लाख रुपैयाँ रकम सम्मको टेन्डर गर्नु नपर्ने र त्यति रकम बराबरको आन्तरीक रुपमा खरिद गर्ने अधिकार भएकोले कोरोनाको महामारिको समयमा जनतालाई सेवा दिन तत्काल औषधि खरिद गरिएको बताए ।