बिराटनगर ।नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आवश्यक बहुमत सङ्ख्या पु–याएर सरकार जोगाउनका लागि सांसदहरू तानातान सुरु भएको हो । मुख्यमन्त्री आचार्यसहित सत्तापक्षका नेताहरू विभाजनपछि नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन्त्रीको अफर समेत गर्न थालेका छन् ।
भिम अाचार्य अल्पमतमा पर्ने निश्चित, नेकपा (एकीकृत समाजवादी) रोजेको पत्र दिने १० सांसदको सामूहिक निर्णय
भिम अाचार्य अल्पमतमा पर्ने निश्चित, नेकपा (एकीकृत समाजवादी) रोजेको पत्र दिने १० सांसदको सामूहिक निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




