पाँचथर । आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी पाँचथर हर्कबहादुर नेम्वाङ (मिक्सो) लाई सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको छ। मंगलबार जिल्लास्तरीय बैठकले सर्वसम्मत निर्णय गर्दै नेम्वाङको उम्मेदवारी पक्का गरेको जानकारी स्थानीय नेता दिनेश लाबतीले दिएका छन्।
नेम्वाङ तत्कालीन नेकपा माअाेबादी काेशी प्रदेशका निवर्तमान अध्यक्ष हुन्। उनी पुराना कार्यकर्ता र युद्धमा घाइते भएकामध्ये एक हुन्। उनका राजनीतिक जीवनमा अहिलेसम्म कुनै पनि लाभका पदमा पुग्ने अवसर नपाइएको भए पनि, इमानदार र सालिन नेताका रूपमा जिल्लामा चिनिन्छ ।
नेम्वाङ पाँचथरमा पुराना कार्यकर्ता र युद्धकालीन घाइतेका अनुभवहरूले उनलाई पार्टीभित्र मात्र होइन, जनतासँगको सम्बन्धमा पनि बलियो बनाएको छ। उनका कार्यशैली र प्रतिबद्धताले पार्टीलाई एकजुट राख्न ठूलो योगदान गरेको छ। जिल्लामा नेम्वाङको उम्मेदवारीसँगै पार्टी कार्यकर्ताहरू अब निर्वाचन तयारीमा जुटेका छन्। उनीहरूको योजना जनतासँग प्रत्यक्ष संवाद गरी मतदाता सक्रियता बढाउने पार्टीको दाबी छ।




