पाँचथ। । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले सरकारद्वारा बढ्दो दमन, असंवैधानिक कदम र जनअधिकार कुण्ठित गर्ने कार्यको कडा प्रतिवाद गर्दै सडकमा आन्दोलनको आँधी ल्याइने चेतावनी दिएको छ। पार्टीले अब चुप लागेर लोकतन्त्र मासिने अवस्था स्वीकार्य नहुने स्पष्ट पारेको छ। जाचबुच आयोगदे तत्कालीन प्रधानमन्त्रीलाइ बयानमा बोलाउने हल्लाका बिच नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले सडकमा आन्दोलनको आँधी ल्याइने चेतावनी दिएको हो ।
एमाले पाँचथरले पत्रकार सम्मेलन मार्फत जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले शान्तिपूर्ण आन्दोलन दबाउन सुरक्षाकर्मी प्रयोग, अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश र विरोधी आवाज दमन गर्ने, नेताहरुलाइ स्थानहद तोक्ने कार्य तीव्र बनाएको आरोप लगाइएको छ। सत्तामा बसेकाहरू जनताको असन्तोषलाई बल प्रयोगबाट दबाउन खोजिरहेको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ।
विज्ञप्तिमा विदेशी शक्ति र स्वार्थ समूहको इसारामा सरकार सञ्चालन भइरहेको दाबी गर्दै यसले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक मूल्यहरू धरापमा परेको उल्लेख गरिएको छ। जनताको संघर्षबाट प्राप्त अधिकारहरू एकपछि अर्को गर्दै खोसिँदै गएको एमालेको ठहर छ।
चुनाब गराउने म्यान्डेट पाएको सरकार चुनाब नगराउने खेलमै सीमित भएको आरोप विज्ञप्तिमा गरिएको छ। दल र नेताहरुलाइ दमनलाई नै शासनको माध्यम बनाइएको एमाले पाँचथरको निष्कर्ष छ।
एमाले पाँचथरले संविधान, लोकतन्त्र र जनअधिकारको रक्षाका लागि अब निर्णायक संघर्षमा उत्रिने घोषणा गरेको छ। अध्यक्ष विष्णु प्रसाद सापकोटाको हस्ताक्षर रहेको विज्ञप्तिमा अन्याय, दमन र निरंकुशताविरुद्ध सबै लोकतन्त्रप्रेमी नागरिकलाई एकजुट भई सडक संघर्षमा सहभागी हुन आह्वान गरिएको छ।





