पाँचथर । आज बागमती प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्छ ।
अन्य प्रदेशमा भने पहाडी भूभागतिर चट्याङसहित पानी पर्ने पूर्वानुमान छ । राति पनि कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेससहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा हुने सूचनामा उल्लेख छ ।