पाँचथर– पुष–१८ गते आगलागीबाट धनजन क्षती भएको फिदिम–८ को मेघबहादुर गुरुङको परिवारलाई २ लाख ९ हजार ९ सय रुपैँया राहत सहयोग गरिएको छ ।
आगालगीबाट गुरुङकी छोरी ममता गुरुङ र बुहारी आशा थबेको जलेर मृत्यु भएको थियो । उक्त परिवारलाई पाँचथर मञ्च हङकङबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।
फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्ले, नेपाली कांग्रेसका निर्वतमान सभापति नरेन्द्रकुमार केरुङ, वार्ड अध्यक्ष सोम गुरुङ लगायतको उपस्थितिमा मञ्चका भवेन्द्र थाम्सुहाङले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
आगालागी पीडितलाई दुई लाख सहयोग
आगालागी पीडितलाई दुई लाख सहयोग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस