पाँचथर– पाँचथरको उत्तरी च्याङ्थापु–फलैचामा जन्म थलो भई काठमाण्डौँ लागयतका विभिन्न ठाँउ बसोबास गर्नेहरुले बनाएको च्याङ्थापु फलैचा सरोकार समाज नेपालले सो क्षेत्रका विभिन्न विषयलाई समेटेर स्मारीका प्रकाशन गरेको छ ।
दोश्रो बार्षिक उत्सवको अवसरमा स्मारीक प्रकाशन गरिएको हो । सो क्षेत्रमा विभिन्न सहयोगका काम गरेको संस्थाले स्मारीकाम ति सहयोगका विवरण राखेको छ । उक्त स्मारीका आठ खण्डमा विभाजित रहेको छ । उक्त स्मारीकाको च्याङ्थापुमा प्रा. डा. गोविन्दराज भटराई लगायतले विमोचन गरेका थिए । संस्थाको गतिविधि र च्याङथापु–फलैचा क्षेत्रको विभिन्न पक्ष समेटेर जानकारी मुलक स्मारीका प्रकाशन गरीएको संस्थाका अध्यक्ष शरदकुमार अधिकारीले बताए ।
संस्थागत खण्ड भनेर संस्थाका गतिविधि, आर्थिक क्रियाकलाप, लेखापरिक्षण लगायतका विवरण राखिएको छ । विचार विश्लेषण भनेर विभिन्न जानकारी मुलक लेख राखिएको छ । यस्तै, सामाजिक चासो र संस्मरण, पीडितका सम्झना छन् भने भिक्ट्रोरिया क्रस रामबहादुर बेघा, सताब्दी पुरुष मुक्तिनाथ तिम्सिनाको अन्तवार्ता राखिएको छ । तथ्यगत भनेर विभिन्न तथ्याङ्क राखिएको छ ।
स्मारीकाले विभिन्न क्षेत्रलाई समेटेको छ । महत्पूर्ण दस्तावेजको रुपमा राखिएको छ ।