पाँचथर– पाँचथर जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा कुम्मायक–२ कि सुत्केरी महिलाको मृत्यु भएको छ ।
स्थानीय स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी १९ बर्षिय मनिषा आचार्य गड्तौलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पाँचथर अस्पताल पठाईएको थियो ।
दिउँसो ११ः ५५ मा सुत्केरी भई छोरा जन्मीएको थियो । घर पठाउन तयारी भईसकेका बेला दिउँसो ४ बजे महिला बेहोस भएको स्वास्थ्य केन्द्र माङजाबुङका प्रमुख सुतिन्द्र मेहेताले जानकारी दिए। स्वास्थ्यमा समस्या भएपछि उनलाई रेफर गरेको बताइएको छ ।
पोष्ट पाटम हेमोरेज (सुत्केरी पश्चात हुने रक्तश्राव) का कारण मृत्यु भएको हुन सक्ने आशंका स्वास्थ्यकर्मीले गरेका छन् ।
समयमा सुविधासम्पन्न अस्पताल पु¥याउन नसक्दा उनको मृत्यु भएको अनुमान गरीएको छ ।