काठमाडौं । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् ।
प्रचण्ड र माधव नेपालले निकासका लागि विकल्प तयार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन नतोड्ने गरी रोक्किएका छन् । उनी आज साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको सूत्रसहित जाने तयारीमा थिए ।
बालकोटमा काँग्रेस नेताहरुले छलफल गरेपनि देउवा पुगेनन् । यसबाट नयाँ राजनीतिक घटना विकास भएको छ । देउवाले एमसीसी अनुमोदन गर्ने सहमति नगरे गठबन्धन तोड्ने चेतावनी दिएका थिए । त्यसपछि प्रचण्ड र माधव नेपाल लचिलो बनेका हुन् ।
यसअघि प्रचण्ड र माधव नेपालले एमसीसी अनुमोदन नगर्ने रणनीति बनाएका थिए । उनीहरुले पार्टीबाट निर्णय नै गराएका थिए ।