काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा एमालेको साथ लिन तत्पर भएका छन्।
प्रधानमन्त्री देउवाले सकेसम्म एमसीसी सत्ता गठबन्धनको सहयोगमा पास गराउन चाहेका थिए । तर, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने एमसीसीको पक्षमा उभिन नसक्ने अडान लिएपछि प्रधानमन्त्री देउवा एमालेको साथ लिने तयारीमा लागेका हुन् ।
अहिले प्रधानमन्त्री देउवा एमालेका अध्यक्ष ओलीसँग निर्णायक छलफलमा जुटेका छन् । उक्त छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन् भने कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।
स्रोतकाअनुसार एमसीसी पास गराउनको लागि एमाले तयार भएको छ । तर, उसले केही शर्त भने अघि सारेको छ। एमालेले केन्द्रको सरकारमा सहभागी नहुने भएपनि प्रदेशसभामा भने सहकार्य गर्ने समझदारी हुँदैछ ।