पाँचथर । पाँचथरमा सरकार गठबन्धनमा रहेको नेकपा माओबादीको भातृ संठनहरुले राँके जुलुस निकालेका छन् । बुधवार साँझ फिदिम सदरमुकामको गणतन्त्रण चोकमा नाराजुलुस गर्दै अनेरास्ववियु क्रान्तिकारी र वाइसिएले प्रदर्शन गरेका हुन् ।
एमसिसि संसदमा टेबल गर्न नहुने भन्दै नाराजुलुस सहित प्रर्दशन गरेका थिए । फिदिम स्थित ठाडो लाइनबाट निकालीएको राँके जुलुस गणतन्त्र चोकमा पुगेर नाराबाजी परिणत भएको थिए ।