पाँचथर । मेचराजमार्ग अन्तरगत भारपा खण्डमा ट्रक दुर्घटना भएकाे छ । भेनियरको सामग्री बोकेको ट्रक गएराति दुर्घटना हुँदा चालक बसन्त लिम्बू, सहचालक प्रदिप लिम्बू, ट्रकमा सवार राजबिर योङ्या, प्रकाश राई र मानश लिम्बू घाईते भएका हुन् । घाईतेहरु हिलिहाङ गाँउपालिका ७ टारीका नागरिक भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
ताप्लेजुङदेखि बिर्तामोडतर्फ गईरहेको मे १ ख ३००२ नम्बरको ट्रक पाँचथर स्थित मेची राजमार्गको भारपामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये मानशलाई थप उपचारका लागि बिर्तामोड रेफर गरिएको छ । चालक बसन्त र सहचालक प्रदिपको उपचार फिदिम स्थित पाथिभरा अस्पतालमा भईरहेको छ । राजबिर र प्रकाशलाई समान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।