दिपक बाेहाेरा । भारत सँग सिमाना जोडिएको फालेलुङ गाउँपालिकामा पर्यटकीय सम्भावना बोकेको पालिका हो । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने फालोट, तीन सिमाना, चारराते प्रचुर संभावनाले युक्त सुप्रसिद्ध पर्यटकीय गन्तव्यहरु हुन् । वर्षको ४ महिना हिउँले ढाक्ने यी क्षेत्रमा २८ प्रजातिका गुराँसहरु तथा दर्जन बढी प्रजातिका अमूल्य जडिबुटीहरु पाइन्छन् ।
साविक पाँचवटा गाविसलाई मिलाएर फालेलुङ गाँउपालिका निर्माण भएको हो । याङनामको केहि भाग, सिदिन,प्राङबुङ,मेमेङ र एकतिन गा.बि.स मिलेर यो पालिका बनेको हो ।फालेलुङ गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । फालेलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा कांग्रेसले जितेको थियो । माओबादीले ३ वडा र एमालेले २ वडा जितेको थियो ।
फालेलुङ गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा सञ्चकुमार केरुङ २ हजार ९ सय ९६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रका महेन्द्रहाङ जबेगुले २ हजार ८ सय ३४ मत ल्याएका थिए । नेकपा एमालेका कमलप्रसाद जवेगुले २ हजार ७ सय ६२ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै, उपप्रमुख तर्फ नेपाली कांग्रेसकी उम्मेदवार हिमा अधिकारीले २ हजार ९ सय ८१ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार नेकपा माओबादी केन्द्रकी कविता थाम्सुहाङले २ हजार ८ सय ४५ मत पाएकी थिइन् । यस्तै, नेकपा एमालेकी तारावती राईले २ हजार ७ सय २३ मत ल्याएकी थिइन् ।
फालेलुङ गाउँपालिकामा रहेका ८ वडा मध्ये कांग्रेस र नेकपा माओबादी केन्द्रले ३ वटा वडामा जीत हासिल गरेको थियो । एमालेले २ वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा फालेलुङ गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका श्रीप्रसाद जवेगु : ५ सय मत
माओबादी केन्द्रका डिल्लराम रिजाल : २ सय ४४ मत
कांग्रेसका कणर्बहादुर आङवो : १ सय ९६ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा माओबादी केन्द्रका तिलबहादुर खत्री : ४ सय ७२ मत
एमालेका विजय गुरागाई : ४ सय ९ मत
कांग्रेसका केशव गुरागाई : २ सय ९३ मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित कांग्रेसका विरबिक्रम थाम्सुहाङ : ५ सय २२ मत
माओबादी केन्द्रका सोमबहादुर राई : ३ सय २४ मत
एमाले थिरबहादुर माङमु : ३सय १७ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेकपा माओबादीका सिद्धिमान सावदेन : ३ सय ७० मत
कांग्रेसका रामचन्द्र गुरुङ : २ सय ७८ मत
एमालेका देवीप्रसाद राई : २ सय ३८ मत
वडा नं. ५ :
कांग्रेसका जीवनकुमा राई ७ सय १६ मत ल्याएर विजयी
मओबादी केन्द्रका मैतबहादुर लिवाङ : ५ सय ६४ मत
एमालेका हर्कमान राई : ३ सय ५२ मत
वडा नं. ६ :
एमालेका सुजता बान्तवा राई ३ सय ८६ मत ल्याएर विजयी
कांग्रेसका दीपककुमार राई : ३ सय १३ मत
मओबादी केन्द्रका महेन्द्रवीर राई : ४८ मत
वडा नं. ७ :
कांग्रेसका शेरबहादुर केरुङ ४ सय २८ मत ल्याएर विजयी
मओबादी केन्द्रका सन्तकुमार केरुङ : ३ सय ६४ मत
एमालेका इन्द्रबहादुर मगर : २ सय ७४ मत
वडा नं. ८ :
माओबादी केन्द्रका पदमकुमार फागो ५ सय ९५ मत ल्याएर विजयी
कांग्रेसका खगेन्द्र केरुङ : ३ सय ९० मत
एमालेका धनबहादुर हाङसरुम्बा : ५६ मत