काठमाण्डाैं ।सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ।
एमालेले प्रतिनिधि सभा पुनः स्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलामा सहभागी न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको हो।
तर त्यसभन्दा अघि आज बस्ने एमाले संसदीय दलको बैठकले महाभियाेग प्रकरणका विषयमा ठोस निर्णय गर्ने एमाले पदाधिकारीले बताएका छन्।
स्रोतका अनुसार आइतबार बालकोटमा बसेको एमाले सचिवालय बैठकमा सहभागीहरूले उल्लिखित न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउनुपर्ने धारणा राखेका हुन्।