पाँचथर । गत वर्ष देखि सुरु भएको फेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने नयाँ तीन टिमको टुंगो लागेको छ । तीन टिममध्ये झापा र इलाम पनि छन् ।
आइतबार भएको अक्सनका अधारमा एनएसएलमा झापा फुटबल क्लब, विरगंज फुटबल क्लब र इलाम फुटबल क्लबले सहभागिता जनाउने टुंगो लागेको हो ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस्तै, दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ ।
अब प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।