पाँचथर । कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।यासोक बजारस्थित झरेन्द्र खतिवडाको घरमा शनिवार राती विद्युत सर्ट भई आगलागी हुँदा जलेर पुणर्रुपमा क्षति भएको हो । खितिवडाकै घरमा स्थानीय टेकबहादुर नेपालीले सञ्चालन गरेको टेलरको कपडा सिलाउने मेसिन लगायतका समाग्रीहरु पनि जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुम्मायक कुसायक सहकारी संस्थाको कार्यालयको सम्पुणर् कागजात पुर्ण रुपले जलेर नष्ट भएको छ भने सर्मिला लावतीले सञ्चालन गरेको चलपटे पसल समेत जलेर नष्ट भएको छ । उक्त घरमा रहेको मिलन गड्तौलाले सञ्चालन गरेको भेटनरी पसल र प्रेम रम्तेलले सञ्चालन गरेको जुत्ता चप्पल पसलको सामाग्रीहर समेल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगलागीबाट ८० लाख रुपैयां बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिवार साँझमा सुरक्षाकर्मी र स्थानीयबासीको सकृयतामा आगो नियन्त्रणमा लिईएकाले थप ठूलो जनधनको क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।