दिपक बाेहाेरा । फाल्गुनन्द गाँउपालिका धार्मिक तथा पर्यटकिय क्षेत्र हो । पाँचथरको यो लब्रेकुटी, सिलौटी डाडा, पौवाभञ्ज्याङ, तिजोक डाँडा, नाम्तोक डाँडा, सुकेपोखरी लगायत अन्य थुप्रै प्राकृतिक तथा नाम्सामी-केसामी, युमा माङहिम, सिंहदेवी मन्दिर, निवुखोला स्थित पवित्र तिर्थस्थल साप्सु आदिजस्ता धार्मिक सम्पदाहरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ७ वडामा बिभाजन गरीएको छ ।
फाल्गुनन्द गाउँपालिका राजनैतिक बिरासतक बोकेको ठाउँ हो । भुबिक्रम नेम्बाङ, प्रेमराज आङदेम्बे, देउमान आङदेम्बे, नरेन्द्र नेम्बाङ देखि कांग्रेसका बर्तमान सहमहामन्त्री भिष्मराज आङदेम्बे र अन्य धेरै पहिचानबादी नेताहरुको जन्मभूमि समेत हो फाल्गुनन्द गाउँपालिका । सविधानसभाले जारी गरेको नेपालको संविधान २०७२ मा पहिलो हस्ताक्षरकर्ता अइन्द्रसुन्दर नेम्बाङ पनि यहि गाउँपालिकाका हुन् ।
यो गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । तत्कालीन गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा तत्कालीन नेकपाले जितेको थियो । का्र्रंग्रेसले जितेको एक गाउँपालिका उपनिर्वाचनमा गुमाएको थियो ।
साविकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप र आङसराङ गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा ईलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा कुम्मायक गाउँपालिका, उत्तरमा फिदिम नगरपालिका र दक्षिणमा मिक्लाजुङ गाउँपालिका रहेका छन् । यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रमा पर्छ ।
फालगुनन्द गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा अमरकुमार नेम्बाङ ४ हजार १ सय ६३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विरबहादुर कुरुम्बाङले ३ हजार ३ सय ६७ मत ल्याएका थिए । माओबादी केन्द्रका ठाकुर सिं नेम्बाङले ७ सय ४४ मत ल्याएका थिए । अन्य पार्टीहरुले ५ सय मत समेत ल्याउन सकेका थिएन्न ।
तत्कालीन गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपा (हाल नेकपा एमाले) का विरबहादुर कुरुम्बाङ ५ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५ सय ६६ मत ल्याएका थिए । संघीय समाजबादीकी विमला आङदेम्बेले ३ सय २० मत ल्याएकी थिइन् ।
यस्तै, उपप्रमुख तर्फ कांग्रेसकी उम्मेदवार देवित्रा आङदेम्बे ३ हजार ९ सय ५३ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार एमालेकी करुण राईले ३ हजार ३ सय ९४ मत पाएकी थिइन् । यस्तै, माओबादी केन्द्रकी तिर्थहाङमा नेम्बाङले ६ सय ९८ मत ल्याएकी थिइन् ।
फाल्गुनन्द गाउँपालिकामा रहेका ७ वडा मध्ये कांग्रेसले सर्वाधिक ५ वडामा जीत हासिल गरेको थियो । एमाले र नेकपा मालेले एक एक वटा वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा फाल्गुनन्द गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित कांग्रेसका होमप्रसाद आङदेम्बे : ८ सय ७४ मत
माओबादी केन्द्रका दिलकुमार आङदेम्बे : ३ सय ६२ मत
एमालेका खगेन्द्र आङदेम्बे : २ सय ६२ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा मालेका बहादुर सिं नेम्बाङ : ३ सय ७० मत
एमालेका देशकुमार नेम्बाङ : २ सय ८५ मत
कांग्रेसका दुर्गाभक्त लिम्बू : १६७ मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका सुखविर नेम्बाङ : ७ सय १७ मत
नेकपा एमालेका मुक्तिनाथ आर्चाय : ५ सय ७२ मत
सघिंय समाजबादी फोरम नेपालका तिलकुमार नेम्बाङ : २ सय ४२ मत
वडा नं. ४ :
नेकपा एमालेका मनबहादुर नेम्बाङ ६ सय ६ मत ल्याएर विजयी
काँग्रेसका अगमबहादुर नेम्बाङ : ३ सय ६ मत
माओबादी केन्द्रका मोतीराज नेम्बाङ : ३ सय २ मत
वडा नं. ५ :
नेपाली कांग्रेसका अबिचन्द्र नेम्बाङ ५ सय ६७ मत ल्याएर विजयी
नेकपा एमालेका टिकाचन्द्र चेम्जोङ : ५ सय २ मत
सघिंय समाजबादी फोरम नेपालका बलिराज चेम्जोङ : १ सय ४६ मत
राप्रपाका घनेन्द्र चेम्जोङ : १ सय ७ मत
वडा नं. ६ ः
नेपाली कांग्रेसका नारायण प्रसाद आङदेम्बे ७ सय २ मत ल्याएर विजयी
नेकपा एमालेका देउप्रसाद आङदेम्बे : ५ सय ६२ मत
माओबादी केन्द्रका चन्द्रबहादुर चेम्जोङ : १६ मत
वडा नं. ७ :
कांग्रेसका लिला बल्बब नेपाल ५ सय ४३ मत ल्याएर विजयी
एमालेका फुङगाप्रसाद आङदेम्बे : ३ सय ७० मत
राष्ट्रिय जनमुक्ति पार्टिका चन्द्रबहादुर चेम्जोङ : १ सय ८४ मत