दिपक बाेहाेरा। भारतसँग सिमाना जोडिएको पाँचथरकाे उत्तरी गाउँपालिका हो याङवरक गाँउपालिका । साविकका पाँचवटा गाविसलाई मिलाएर याे गाँउपालिका निर्माण भएको हो । च्याङथापु, फलौचा,ओयाम, थर्पु र नागी गा.बि.स मिलेर यो पालिका बनेको हो ।
यो गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।याङवरक गाउँपािलकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा एमालेले जितेको थिायो । कांग्रेस २ वडा जितेको थियो ।
याङवरक गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा लेखनाथ घिमिरे ३ हजार ७ सय ४८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर निगोले ३ हजार ४ सय ४९ मत ल्याएका थिए । माओबादी केन्द्रका भीमकुमार मावोले ३ सय ३२ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै उपप्रमुख तर्फ एमालेकी उम्मेदवार कमलकुमारी योङहाङले ३ हजार ५ सय ७६ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी कल्पना कोइरालाले २ हजार ८ सय ७२ मत पाएकी थिइन् । यस्तै माओबादी केन्द्रकी इन्दिरा पोखरेले ३ सय ९० मत ल्याएकी थिइन् ।
याङवर गाउँपालिकामा रहेका ६ वडा मध्ये एमाले सर्वाधिक ४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा कांग्रेसले २ वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा याङवरक गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका मोहनकुमार ढुंगेल : ४ सय १९ मत
कांग्रेसका देवकुमार चाम्लीङ : ३ सय ९१ मत
माओबादी केन्द्रका तेजेन्द्र राई : ९७ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका देउकुमार योङहाङ : ६ सय ८८ मत
एमालेका शान्त प्रसाद बेघा : ५ सय ८८ मत
स्वतन्त्र उमेद्धार नरबहादुर माङमो : ५० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित कांग्रेसका मविन्द्र योङया : ८ सय ३६ मत
एमालेका भिमबहादुर योङया : ७ सय ८९ मत
राप्रपाका पदमबहादुर योङया : ३० मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित एमालेका शहरनन्द योङया : ५ सय ७१ मत
कांग्रेसका खैनबहादुर योङया : ५ सय ३८ मत
राप्रपाका विजयप्रकास काम्बाङ : २ सय १० मत
वडा नं. ५ :
नेकपा एमालेका टेकनाथ न्यौपाने ७ सय ६ मत ल्याएर विजयी
काँग्रेसका चन्द्रमणी बाँस्कोटा : ३ सय ६ मत
मओबादी केन्द्रका प्रेमकुमार लक्सम : ९९ मत
वडा नं. ६ :
एमालेका ताराबहादुर योङया ७ सय ८ मत ल्याएर विजयी
कांग्रेसका प्रेमराज काफ्ले : ४ सय ४७ मत