दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी भएको छ। आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ । पाँचजनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट चार पुरुष र एक बालिकाको शव निकालिएको छ।
विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए। गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ७ बजेसम्म पनि नियन्त्रणमा आएकाे हाे । क्षतिको विवरण अझै आउन सकेको छैन।प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका हुन् ।