दिपक बाेहाेरा । सदरमुकाम फिदिमबाट निकै टाढा रहेका छ मिक्लाजुङ गाउँपालिका । २०७४ सालको स्थानीय तहको निर्वाचनमा याे गाउँपािलकामा माओबादी केन्द्रले जितेको थियो । पाँचथरमा एक गाउँपालिका जितेको माओबादी केन्द्रले मिक्लजुङमा खाता खोलेको थियो । मिक्लाजुङ गाउँपालिकामा माओबादी केन्द्रले अध्यक्ष सहित ३ वटा वडा जितेको थियो । एमालेले उपाध्यक्ष सहित ४ वडा जितेको थियो । १ वटा वडा जितेर कांग्रेस क्लिन चिट हुनबाट जोगीएको थियो ।
साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् ।
मिक्लाजुङ गाउँपालिकामा माओबादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा अमरराज माखिम ३ हजार ७ सय ६२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनकुमार फियाकले ३ हजार २ सय ९६ मत ल्याएका थिए । कांग्रेसका खड्क सुन्दर लावतीले २ हजार ५ सय ९ मत ल्याएका थिए । अन्य पार्टीहरुले २ सय मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै उपप्रमुख तर्फ एमालेकी उम्मेदवार उर्मिला राईले ३ हजार ५ सय ६ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार माओबादी केन्द्रकी जुनुकुमारी लावतीले ३ हजार १ सय १४ मत पाएकी थिइन् । यस्तै कांग्रेसकी सुनमाया राईले २ हजार ६ सय ५० मत ल्याएकी थिइन् ।
मिक्लाजुङ गाउँपालिकामा रहेका ८ वडा मध्ये एमाले सर्वाधिक ४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा माओबादी केन्द्रले ३ वडा जित्दा कांग्रेसले पनि १ वडा जितेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मिक्लाजुङ गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित माओबादी केन्द्रका विष्णुकुमार राई : ४ सय २१ मत
एमालेका भिमबहादुर आङदेम्बे : ३ सय २१ मत
कांग्रेसका भगेन्द्रकुमार आङदेम्बे : २ सय ३४ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका सन्तकुमार सेर्मा : ६ सय ८ मत
एमालेका कविराज सेर्मा : ४ सय ३९ मत
माओवादी केन्द्रका ढकेन्द्र भट्टराई : ८७ मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित एमालेका हस्तराज फियाक : ६ सय ७० मत
कांग्रेसका जीवनहाङ फियाक : ४ सय ५६ मत
माओवादी केन्द्रका छत्रबहादुर फियाक : २ सय १२ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित माओबादी केन्द्रका रामकुमार राई : ९ सय ५६ मत
एमालेका नरकुमार राई : ३ सय ९८ मत
कांग्रेसका जयकुमार राई : २ सय ६९ मत
वडा नं. ५ :
माओबादी केन्द्रका अविशन लावती ८ सय ३३ मत ल्याएर विजयी
काँग्रेसका अग्नीप्रसाद लावती : ३ सय २ मत
एमालेका बलबहादुर लावती : १सय ३३ मत
स.लो.राष्ट्रिय मञ्चका प्रेमकुमार लावती : १ सय ३० मत
वडा नं. ६ :
एमालेका फडिन्द्र प्रसाद घिमिरे ४ सय ४७ मत ल्याएर विजयी
माओवादी केन्द्रका पुणर्कुमार आङबोहाङ : २ सय १९ मत
कांग्रेसका ज्ञानबहादुर तामाङ : १ सय १७ मत
वडा नं. ७ :
एमालेका मिनराज माखिम ५ सय ११ मत ल्याएर विजयी
कांग्रेसका रेवतबहादुर माखिम : २ सय ६ मत
माओवादी केन्द्रका हेमचन्द्र रेग्मी : २ सय ३ मत
वडा नं. ८ :
एमालेका रामेश्वर वाजी ६ सय १० मत ल्याएर विजयी
कांग्रेसका नगेन्द्रकुमार लामा : ४ सय ६६ मत
माओवादी केन्द्रका सुर्यबहादुर वाजी : १ सय ३८ मत