दिपक बाेहाेरा । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँचथरको एक मात्र नगरपालिका र सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट नगर प्रमुखमा ओनाहाङ नेम्बाङ ६ हजार ९ सय ६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले ५ हजार ४ सय मत ल्याएका थिए । माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले ३ हजार ८ सय ८३ मत ल्याएका थिए । अन्य पार्टीहरुले १ हजार मत समेत ल्याउन सकेका थिएन्न ।
यस्तै उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार उर्मिला श्रेष्ठ ६ हजार ५ सय १८ मत ल्याएकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार एमालेकी मुना नेम्बाङले ५ हजार ८ सय ५० मत पाएकी थिइन् । यस्तै माओवादी केन्द्रकी रमना लकान्द्रीले ३ हजार ५ सय ३६ मत ल्याएकी थिइन् । राप्रपाका टिकाहाङ जवेगुले १ हजार १३ मत ल्याएका थिए ।
फिदिम नगरपालीकामा रहेका १४ वडा मध्ये कांग्रेसले सर्वाधिक ९ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा एमाले ३ वडा जित्दा माओवादीले पनि २ वडा जितेको थियो । कांग्रेसले जितेको फिदिम वडा नम्बर १ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएकाले उप निर्वाचन भएको थियो ।
उप निर्वाचनमा तत्कालीन नेकपाका (अहिले एमाले) उम्मेद्धार गजाधर भट्टराई निर्वाचि भएका थिए । कांग्रेसले ९ वाट एक गुमाएर ८ वटा वडा र एमालेले ३ वाट एक थपेर ४ वडा जितेको थियो । एमालले जितेका वडा नम्बर ५ का वडाध्यक्ष लिलाराज तुम्बापोको निधन भए पनि उपनिर्वाचन भएन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा फिदिम नगरपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका हर्क मोक्तान ः ७ सय ७४ मत
एमालेका गजाधर भट्टराई ः ७ सय ६९ मत
राप्रपाका जगत थापा मगर ः २०९ मत
माओवादी केन्द्रका सागर नेम्बाङ ः २ सय ८१ मत
उपनिर्वाचन
वडा अध्यक्ष निर्वाचित नेकपा गजाधर भट्टराइ ः १४ सय ४६ मत
कांग्रेसका सुवराज थापा ः ९ सय ७२ मत
राप्रपाका मिलन गिरी ः ७६ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका सुकपाल तुम्वापो ः ५ सय ५७ मत
एमालेका दिननाथ अधिकारी ः ४ सय ८८ मत
माओवादी केन्द्रका लिला प्रसाद ढुङगाना ः ८० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका नरेन्द्र गुरुङ ः २ सय १७ मत
एमालेका मनकुमार राई ः १ सय ९२ मत
राप्रपाका सुरेन्द्र राई ः १९० मत
माओवादी केन्द्रका गोपाल राई ः १४० मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित काँग्रेसका प्रकास गुरुङ ः ४ सय ९२ मत
एमालेका पृथ्वी लावती ः ४ सय २० मत
राप्रपाका उपेन्द्र लावती ः ३५७ मत
वडा नं. ५ :
एमालेका लिलाराज तुम्बापो ६ सय ३५ मत ल्याएर विजयी
काँग्रेसका भरत तुम्बापो ः ६ सय २५ मत
माओवादी केन्द्रका मोहनसिं तुम्बापो ः १सय ७ मत
वडा नं. ६ :
काँग्रेसका जहरमान तुम्रोक ६ सय ७४ मत ल्याएर विजयी
एमालेका धन प्रसाद सारु मगर ः ४ सय १० मत
माओवादी केन्द्रका राजकुमार राई ः २ सय ५९ मत
वडा नं. ७ :
काँग्रेसका गोपाल प्रसाद गुरुङ ४ सय ३९ मत ल्याएर विजयी
माओवादी केन्द्रका सन्तबहादुर राई ः ३ सय ८९ मत
एमालेका चेतबहादुर लिम्बु ः ३ सय १५ मत
वडा नं. ८ :
वडा अध्यक्ष निर्वाचित एमालेका सेरबहादुर नेम्बाङ ः ५ सय १५ मत
माओवादी केन्द्रका पासाङ तामाङ ः ३ सय २९ मत
कांग्रेसका हर्कबहादुर गुरुङ ः ३ सय २० मत
वडा नं. ९ :
काँग्रेसका बालकृष्ण लावती ४७७ मत ल्याएर निर्वाचित
एमालेका भक्तबहादुर सिगु ः ३ सय ८७ मत
राप्रपाका नेत्रप्रसाद लावती ः ९० मत
वडा नं. १० :
काँग्रेसकी वीरहाङमा थाम्सुहाङ ३ सय ७१ मत ल्याएर विजयी
माओवादी केन्द्रका मणीकुमार थाम्सुहाङ ः ३ सय १९ मत
एमालेका टंक प्रसाद एक्तेन ः १ सय ७९ मत
राप्रपाका ओमराज थाम्सुहाङ ः१ सय ७८ मत
वडा नं. ११ :
काँग्रेसका श्री प्रसाद घिमिरे ५ सय २५ मत ल्याएर विजयी
एमालेका पृथीराम एकतेन ः ४ सय ९६ मत
माओवादी याम कुमार आङबो ः २ सय ८८ मत
वडा नं. १२ :
माओवादी केन्द्रका प्रेमनारायण आर्चाय ४सय ५ मत ल्याएर विजयी
कांग्रेसका ओमबहादुर ः ३ सय ९३ मत
एमालेका पर्शुराम राई ः ३ सय ८१ मत
वडा नं. १३ :
माओवादी केन्द्रका टिकाप्रकाश नेम्बाङ ६ सय ६२ मत ल्याएर विजयी
एमालेका बुद्धिप्रसाद नेम्बाङ ः ४ सय ४५ मत
कांग्रेसका गजेन्द्र राई ः ३ सय ३७ मत
वडा नं. १४ :
एमालेका हेमबहादुर फागो ४ सय १४ मत ल्याएर विजयी
काँग्रेसका राजेन्द्र राई ः ४ सय ११ मत
माओवादी केन्द्रका देउकुमार थुलुङ ः २ सय ७६ मत