पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकाको धुपीडाँडाँमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
फालेलुङ गाउँपालिका ५ का ३१ वर्षीय विशाल मगरको लेक लागेर बिहिबार मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मगर आहाल भन्ने ठाउँमा रहेको चौरी गोठमा जाने क्रममा हिँउको कारण लेक लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विशाल उनका भाई विक्रम मगर संग आहाल जाँदै गर्दा हिउँमा हिड्न नसकेर घर फर्कने क्रममा उनलाई लेख लागेको थियो । उनका भाई विक्रमको स्वास्थ्य अवस्था भने ठिक रहेको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।