काठमाण्डाैं । कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमतिसँगै भागबण्डा भएलगत्तै कांग्रेसले आफ्ना उम्मेदवार टुंगो लगाएको हो ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले आउँदो १२ माघमा हुन लागेको निर्वाचनका लागि ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य सरस्वती बजिमयले जानकारी दिइन् ।कांग्रेसले प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायणदत्ता मिश्रलाई राष्ट्रियसभाका उम्मेदवार बनाउन निर्णय गरेको उनले बताइन् ।
पन्त कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार थिइन् ।