पाँचथर । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट पाँचथरका दुई नेता केन्द्रीय सदस्य चयन भएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल बनाएकाे २ सय ३६ जनाकाे नाममा पाँचथरकाे २ जना नेताकाे नाम परेकाे हाे ।
१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र १ नम्बर प्रदेश बन वातावरण, उद्योग तथा पर्यटन सभापति सीता थेव केन्द्रिय सदस्यमा चयन भएको हुन् ।
आङ्बोलाई आदिवासि जनजाती तर्फबाट र थेवेलाई महिला कोटाबाट केन्द्रिय समितिमा चयन गरिएको माओवादीले जनाएको छ ।