पाँचथर । नेपाली कांग्रेसको जिल्ला कार्य समिति पाँचथरको पदाधिकारीमा महिला प्रतिनिधित्व शुन्य हुने भएको छ । ८ जना पदाधिकारी रहने कांग्रेसको जिल्ला कार्य समितिमा महिला प्रतिनिधित्व शुन्य भएको हो । एक सभापति, दुई उपसभापति, दुई सचिब, दुई सह सचिब र एक कोषाध्यक्ष रहने कांग्रेसमा यतिका पद हुदाँ पनि महिला प्रतिनिधित्व शुन्य हुने भएको हो ।
भर्खरै सकिएको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशनमा पदाधिकारीहरुमा सबै पुरुषहरु मात्रै निर्वाचित भएका थिए । महिलाहरुले त पदाधिकारीमा उम्मेद्धारी समेत दिन हिम्मत गरेन्न् । दुई प्यानल बिच भएको निर्वाचनमा दुबै समुहले महिलालाइ पदाधिकारी बनाउ चाहेन्न् ।
बाँकी रहेको कोषाध्यक्ष पदमा महिलालाइ मनोनित गर्ने झिनो आश समेत सकिएको छ । शनिबार बसेको नयाँ कार्य समितिको बैठकले रमेश भगवत प्रधानाङ्ग लाइ मनोनित गरेसंगै पाँचथर कांग्रेसको पदाधिकारीमा महिला प्रतिनिधित्व टरेर गएको छ ।
केन्द्रदेखि तल्ला तहका पार्टी संरचनामा महिला नेताहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेकै कारण यो पालि वडाको क्षेत्रिय प्रतिनिधि बुथमा महिला सहभागीता निकै बढ्यो । कांग्रेसको विधानमा पनि ३३ प्रतिशत महिलाको सहभागिता गराउने कुरा उल्लेख छ । तर,पदाधिकारीमा भने महिला सहभागीता शुन्य भएको हो ।
जिल्लाको तथ्याङले महिला सहभागीता बढाएको छ तर,जिल्लाको नेतृत्व लिने ठाँउमा भने झण्डै शुन्यकै अवस्थामा रहेको भन्दा फरक नपर्ला जम्मा २ जना प्रदेश ख को क्षेत्रिय सभापति मैया श्रेष्ठ लावती र सहसचिबमा ज्योति प्रभा भण्डारी भन्दा बाहेका कांग्रेस पाँचथरमा महिला नेतृत्व शुन्य भएका छ ।
कांग्रेसमा ११ औँ महाधविेशनसम्म महलिाको प्रतनिधित्वि गराउनैपर्ने बाध्यकारी व्यवस्था थिएन । १२ औँ महाधविेशनदेखी कांग्रेसले महिलालाई आरक्षण त दियो तर महिलाहरु आरक्षणमै सिमित बने । महिला नेतृहरूले पनि आरक्षण बाहेकका पदमा उम्मेदवारी दिने हिम्मत गरेनन् । जसकारण महिलाले खुला प्रतिस्पर्धामा आउनुपर्छ भनेर वकालत गर्दैआएका चर्चित महिला नेतृहरू नै आरक्षणमा सीमित भएका छन् ।
पाँचथरमा ३८ जनाको जिल्ला कार्य समिति रहने कांग्रेस पाँचथरको कार्य समितिमा १३ जना महिलाहरु बिभिन्न कलष्टरबाट जिल्ला सदस्य पदमा निर्वाचित भएका छन् । तर, १३ जना महिलाहरु मध्ये एक जना पनि पदाधिकारीमा अटाउन सकेन्न ।
महिलाहरुले पदाधिकारी हुन नचाहेको भने होइन । कोषाध्यक्ष पदमा फिदिम नगरपालिकाको कोटाबाट जिल्ला सदस्यमा निर्वाचित बिमला हाङसुरुम्बाले बैठकको अन्तिम सम्मै दाबि गरेको बैठकमा सहभागीहरु बताउछन् । तर उनको दाबिलाई तेतृत्वले चासो देखाएन र समितिलाइ समाबेशि बनाउन सकेन्न् ।
नेपाली समाजमा महिलाहरुले मुख्य पदमा बसेर काम गर्न सक्दैन्न भने सोच अझै पनि रहेको नेपाली का्रग्रेस पाँचथरको जिल्ला सदस्य बिमला हाङसुरुम्बाले बताइन । आफुहरुले पदाधिकारीमा एक जना महिला हुनु पर्छ भन्दै गर्दा पनि सुनुवाइ हुन नसकेको उनको गुनासो रहेको छ । महिलाहरुले मुख्य पदमा बसेर काम गर्न सक्दैन्न भन्ने सोचाइले पार्टी र देश दुबै उभो लाग्न नसक्ने उनले बताइन् । कांग्रेस जस्तो पार्टीको जिल्ला पदाधिकारीमा महिला अट्न नसक्नु दुखत रहेको उनले बताइन् ।
महिलाहरुलाई नेतृत्वमा ल्याउन नखोज्ने प्रबृति हाबि हुदैँ गएको महाधिबेशन प्रतिनिधि मधु जबेगुले बताई । महिलाहरु जतिनै सक्षम र कुसल संगठक भए पनि अवसर दिन नखोज्ने प्रबृति हाबि हुँदा महिलाहरु आरक्षण कोटामा सिमित हुन परेको उनले बताइन् । “जसरी घर परिबार सफल बनाउन महिलाहरुको भुमिका महत्वपुणर् हुन्छ,त्यसै गरि पार्टी र देश सफल बनाउन पनि महिलाको भुमिका छ ।” उनले बताइन । “जिल्लाको पदाधिकारी मा एक जना महिला जसरी पनि अटाउनु पथ्र्यो त्यो भएन यसले राजनितिमा महिलाहरुको सहभागीतालाई असर गर्न सक्छ ।” जबेगुले भनिन् ।
महिलाहरुकाे प्रतिनिधित्व पदाधिकारीमा नभए पनि पार्टीका धेरै विभागहरुको जिम्बेवारीहरुको बाडफाड गर्न बाँकी रहेकाले धेरै महिला दिदि बहिनिहरुलाई त्यता अटाएर लैजाने तयारीमा पार्टी रहेकाे र पार्टी लाई अझ समाबेशी बनाउदै लैजाने पार्टी सभापति रुपनारायण जबेगुले बताए ।