पाँचथर । ४६ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पाँचथर काँग्रेसले फिदिममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै आङदम्बेले
काँग्रेसको १४औँ महाधिबेशनले पुस्तान्तरण र हस्तान्तर दुवै काम एकैसाथ गरेको दाबी गरेका छन् ।
सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पाँचथर आएका आङ्देम्बेले‘अहिलेको समितिमा अनुभबी र उर्जावान नेताहरु निर्वाचति भएको बताएका छन् । नया कार्य समितिलाइ बधाई दिनुको साथै ,’ उनले भने ‘अनुभव र उर्जाको संयोजनबाट अब पार्टी मज्जाले चल्छ ।’ यो कार्यसमितिले नेपाली काँग्रेसलाई मुलुकको सबैभन्दा ठूलो पार्टीमा परिणत गर्ने र देशलाई निकाश दिने आङ्देम्बेको तर्क छ ।
‘अहिलेको समितिले काम गर्न सकेन भने काँग्रेस फेल हुन्छ,’ उनले भने ‘काँग्रेस फेल भयोभने मुलुक फेल हुन्छ, त्यसकारण हामीलाई अलमल गर्ने छुट छैन ।’ साथै पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको समेत बताएका छन् ।
कार्यक्रममा राजनितिक बिश्लेषक शंकर तिवारी प्रमुख बक्ताको रुपमा रहेका थिए । उनले ‘ १६ पुस २०३३ अर्थात् आजकै दिन बीपी कोइराला नेपाल फर्किएका थिए । हाम्रो देश राष्ट्रिय संकटमा छ, संकट चर्कंदै गएको र राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको बताउँदै उनी नेपाल फर्किएका थिए । बीपीको थप कथन थियो– आज देशमा स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशप्रति आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिला राष्ट्रियताको हत्या हुन्छ । तर, अहिले समय बदलिएको छ ।
राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्किएका बीपीबारे बुझ्न इतिहास पल्टाएर हेर्नुपर्छ । तत्कालीन राजा महेन्द्रले मृत्युदण्ड सुनाएपश्चात् प्रवासमा रहेका बीपी लगायत बहुदलीय व्यवस्थाका पक्षधरहरूको नेपाल फिर्ती आफैंमा नेपालको इतिहासमा एउटा युगान्तकारी घटना थियो । २०६२/६३ को आन्दोलनले नेपाललाई गणतन्त्रमा प्रवेश गराएयता बीपीको मेलमिलाप नीतिको सान्दर्भिकतामा प्रश्न उठाउनेहरू पनि प्रशस्तै छन् । तर, मुलुक गणतन्त्रमा प्रवेशयता धार्मिक, भाषिक, भौगोलिक, साम्प्रदायिक आदि ‘पहिचान’का नाममा कतै मुलुक थप अनेकतातिर गएको त होइन भन्ने प्रश्नभित्र बीपीको मेलमिलापको आवश्यकता झनै खट्किएको भन्दै बिपि कोइरालाको चर्चा गरेका थिए ।
कार्यक्रमलाई काँग्रेस पाँचथरका निबर्तमान सभापति नरेन्द्र कुमार केरुङले बर्तमान सभापती रुपनारायण जबेगुलाइ नेपाली काङ्रेस पाँचथर कार्यलयको चाबी तथा माइनेट हस्तान्तरण गरेका थिए । नया कार्यसमितिले यहि अवसर पारेर सह महामन्त्री आङ्देम्बेलाइ बधाई तथा सम्मान गर्नुको साथै निवर्तमान सभापती लगाएत निर्वाचित प्रदेश सदस्यहरुलाइ समेत बधाई ज्ञापन गरेको हो । कार्यक्रमलाई काँग्रेसका प्रदेश र जिल्ला स्तरका आधा दर्जन बढि नेताहरुले सम्बोधन गरेका थिए ।