काठमाण्डाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।९ जना निर्वाचित हुने यो समूहमा डिला संग्रौलाले अग्रता लिएकी छन्। १३ सय ६४ मत गणना हुँदा संग्रौलाले ८२५ र पुष्पा भुसालले ८०२ मत ल्याएका छन्। प्रधानमन्त्री पत्नी आरजु राणाले पनि ७०२ मत ल्याउँदै तेस्रो स्थानमा छिन्।
शीर्ष ९ मा देउवा पक्षका ७ र डा. शेखर कोइराला पक्षका २ जना छन्। हालसम्म अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईंको ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत छ।
यस्तोमा सरिता र अनिता मात्रै कोइराला पक्षका हुन्। यसअघि खुलातर्फ ३५ केन्द्रीय सदस्यको मतगणना सकिएको छ। जहाँ देउवा पक्ष नै हाबी भएको छ।