नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरु भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुंगो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो ।
काँग्रेसको बन्दसत्रमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ। बन्दमा अहिले शेरबहादुर देउवा र र कृष्ण प्रसाद सिटौला समूहका शीर्ष नेताहरु मात्रै छन् । प्रतिनिधि भने सबै समूहका रहेका छन् ।