झापा । झापाको झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिकालाई पराजित गर्दै मेचीनगरले उपाधी कब्जा गरेको छ।
झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मेचीनगरले ९२ रनले झापालाई पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो।
२०१ रनको विजयी लक्ष्य पछ्याएको झापाले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाई १०८ रन मात्र बनाउन सक्यो।
मेचीनगरको व्याटिङ तर्फ क्षीतिज पोर्तेल ले ६५ बलमा सेन्चुरी पुरा गर्दै १०२ रन,सुरज केसीले २७ बलमा ४० रन र राजु बिश्वकर्माले ४ बलमा ११ रन जोडे।झापाको बलिङ तर्फ सज्जाद आलमले २ विकेट,प्रदिप कुमारले ३ विकेट र अंकित दासले २ विकेट लिए।
त्यस्तै दोस्रो इनिंगमा झापाको व्याटिङमा दुखिया राजंबंशीले २८ रन,सज्जाद आलमले १५ रन बनाए भने अरु व्याट्समेनहरुले दर्बिलो अंक जोड्न सकेनन।बलिङ तर्फ मेचीनगरका प्रेम सिंहले ३ विकेट,राज थापाले १ विकेट,राजु बिश्वकर्माले २ विकेट र संदिप ढुंगानाले १ विकेट लिए।
यो सँगै विजेता बनेको मेचीनगरले ४० हजार नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र पाएको छ।त्यस्तै उपविजेता टिम झापाले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।खेलमा म्यान अफ द म्याच,वेस्ट व्याट्समेन र म्यान अफ द सिरिज मेचीनगरका क्षितिज पोर्तेल घोषित भए।त्यस्तै प्रतियोगितामा वेस्ट वलर बाह्रदशीका अल्मास आलम,वेस्ट विकेट किप्परमा झापाका संजय पौडेल र फेयर प्ले अवार्ड सगरमाथा युथ क्लब घोषित भयो।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा जारी प्रतियोगिताको समापन कार्यक्रममा क्लबका अध्यक्ष रोहित कर्णको अध्यक्षता र वडा नं-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो भने समाजसेवीहरु सखिचन्द्र ठाकुर,तेज श्रेष्ठ,रोहित पोद्धार,बालकृष्ण सिटौला लगायतको उपस्थिती रहेको थियो।