पाँचथर– नेपाली काग्रेस केन्द्रिय सदस्य,नेपाली काग्रेस अनुशासन समिति संयोजक भिष्मराज आङ्देम्बे नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासि जनजाती क्लस्टर तर्फबाट सह महामन्त्रीको उम्मेदवारी घाेषणा गरेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । उनकाे उम्मेदवारी पनि देउवा अर्थात् संस्थापनपक्षबाट भएकाे हाे ।
भीष्मराज आङ्देम्बे नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समिति संयोजक संविधान सभा सदस्य । उद्योग वाणिज्य आपूर्ति उपभोक्ता हित सम्बन्ध संसदीय समिति पूर्वसभापति समेत रहेका हुन् ।
आङदेम्बेले पार्टीलाई जनतासँग जोड्न र युवा पुस्तालाई कांग्रेसमा अगाडि बढाउन उम्मेदवारी दिएकाे केंजोखबर लाई बताएका छन् ।
उनले भने, ‘कता कता नेपाली कांग्रेस र जनताबीचकाे सम्बन्ध टाढा भयाे कि भन्ने भान भएकाे छ । युवा पुस्तालाई पनि अघि बढाउनु छ पार्टीमा । याे दुबै काम गर्न म सहमहामन्त्री हुनु उपयुक्त हुने ठानेर उम्मेदवारी घाेषणा गरेकाे हुँ ।’
पूर्वी पहाडी क्षेत्रकाे प्रभावशाली नेता आङदेम्बे पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन् ।
२०७० मा भएको संविधानसभा निर्वाचनमा पाँचथरको क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएका थिए । त्यसपछि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिकाे सभापति भए ।
हाल केन्द्रीय सदस्यकाे अतिरिक्त पार्टीको शक्तिशाली निकाय अनुशासन आयाेगकाे संयाेजक समेत हुन् ।
पाँचथरको नवमीडाँडा घर भएका आङदेम्बेकाे परिवारिक पृष्ठभूमि पनि राजनीतिक हाे ।
उनका बाजे देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भए । उनलाई लिम्बु जातिबाट भएकाे पहिलो मन्त्री रूपमा चिनिन्छ ।
उनकै छोरा प्रेमराज भने दुईपटक मन्त्री भए । २०१५ को भएको आम निर्वाचनपछि विपी कोइराला प्रधानमन्त्री बन्दा खाद्य तथा कृषि उपमन्त्री भए । २०१६ असार १६ मा बिपी नेतृत्वकै पुनर्गठित मन्त्रिपरिषदमा भने प्रेमराज ग्राम विकासमन्त्री भएका थिए । यसरी राणाशासनको अन्त्यपछि बाजे र बढिबा मन्त्री हुँदा भीष्मराज भने मन्त्री हुन बाँकी नै छ । उक्त पदमा जिल्ला सभापती र देशभरीबाट निर्वाचित महाधिवेशन प्रतिनिधि ले मतदान गर्नु पर्छ ।