पाँचथर– जिल्ला निर्वाचन कार्यालय पाँचथरकाले मंसिर १७ गतेदेखि गाँउपालीकाको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला निर्वाचन अधिकारी कुमार भटराईका अनुसार पाँचथरका सात स्थानीय तहको केन्द्रमा गएर दुई चरणमा मतदाता नामावली संकलन गरीने छ ।
जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले फिदिम नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन नहुने बताईएको छ ।
मंसिर १७ गतेदेखि २६ गतेसम्म हिलिहाङ, फाल्गुनन्द, मिक्लाजुङ र फालेलुङ गाँउपालीकामा सञ्चालन हुने छ । यस्तै याङवरक, तुम्बेवा र कुम्मायक गाँउपालीकामा मंसिर २९ देखि पुष ९ सम्म यो कार्यक्रम सञ्चालन हुने छ ।
कार्यालयले आईतवार सदरमुकाम फिदिममा सरोकारवालासँग अन्तक्र्रिया गरेको थियो । कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले एक स्थानीय तहमा एकठाँउमात्र केन्द्र राख्दा असहज हुने भएकाले केन्द्रलाई थप गर्न अनुरोध गरेका थिए ।
मतदाता नामावाली संकलनका लागि एक स्थानीय तहमा कम्तीमा दुई ठाँउ केन्द्र राख्नका लागि निर्वाचन आयोगलाई अनुरोध गरिने पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । प्रजिअ न्यौपानेले मतदाता नामावली संकलन कार्यक्रममा धेरै भन्दा धेरै सहभागिताका लागि सबैलाई पलह गर्न अनुरोध गरे ।