राँके ।प्रधानमन्त्रि शेर बहादुर देउवाले अबकाे मन्त्रिपरिषदकाे बैठकबाट बाढि तथा पहिराे पिडितलाई बिशेष थप राहात प्याकेज ल्याईने बताएका छन् ।
फाल्गुनन्द गाउँपालिकाकाे राँकेमा पहिराे पिडित तथा सञ्चारकर्मी संगकाे भेटमा साे कुरा बताएका हुन् । देउवाले अस्ति घाेषणा भएकाे राहातमा थप राहात प्याकेज ल्याउने बताए । पिडितहरूकाे लागि थप अस्थाई तथा स्थायि राहात प्याकेज ल्याईने देउवाले बताए ।
आईतबार देउवाले पाँचथर र इलामकाे पहिराे प्रभावित क्षेत्रकाे हवाई निरिक्षण गरेका थिए । साथै पाँचथरकाे सबै भन्दा धेरै पहिराे प्रभावित क्षेत्र मिक्लाजुङ गाउँपालिकाकाे स्थलगत भ्रमण समेत गरेका थिए ।