पाँचथर– बेमौसमी झरीका कारण उत्पन्न जटिल परिस्थिीतिलाई ख्याल गर्दै नेकपा (एमाले) जिल्ला कमीटि पाँचथरले वार्ड अधिवशेन सारेको छ । कार्तिक ६ गते (आज) लाई तय गरीएको वार्ड अधिवेशनलाई हालको प्राकृतिक विपत्तिबाट उत्पन्न जटिल परिस्थिका कारण सारीएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज अईन्द्रसुन्दर नेम्बाङले जानकारी दिए ।
बमौसमी झरीका कारण ठाँउ ठाँउमा गएकाे पहिराेका कारण पाँचथरमा ३० जनाको मृत्यु, ४ बेपत्ता र सयौँ परिवार विस्तापित रहेका छन् । अधिकाश सडक समेत अवरुद्ध भएका छन् । कार्तिक–१५ गते वार्ड र २७ गते पालिका अधिवेशन हुने गरी नयाँ मिति तय भएको नेम्बाङले बताए ।