पाँचथर– तमोर करिडोरको शिवाखोलादेखि लुम्फाबुङ हुँदै नवमिडाँडा जोड्ने सडक कालोपत्रे भएको छ । तमोर करिडोरदेखि नवमिडाँडामा रहेको कालोपत्रे जोड्ने यो सडकले लुम्बाफुङ बासीलाई सुविधा दिएको छ भने सडक सञ्जालमा पनि महत्पूर्ण बनेको छ ।
कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालय पाँचथर मार्फत सडक कालोपत्रे गरिएको हो । १४ किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले जानकारी दिए । सिवादोभान–लुम्बाफुङ–नवमिडाँडा सडक २०७६ सालमा ठेक्का लागेको थियो ।
कालोपत्रे भएपछि फिदिम नगरपालिका–९ मा पर्ने लुम्फाबुङका गाउँहरू सुन्दर देखिएका छन् । वर्षायाममा हरियाली र कालोपत्रे सडकले यि गाँउहरू गुलजार देखिन्छन् । स्थानीय खुसी भएका छन् भने गाउँमा सुविधा थपिएको छ । सडक कालोपत्रे भएको पछि यात्रा गर्न, विरामीलाई सजिलै अस्पताल पुर्याउन र यहाँको उत्पादन बजार लैजान सहज भएको वार्ड अध्यक्ष गंगाप्रसाद राईले बताए ।
याक्थुङ्हाङ– कान्छाराम जेभिले ठेक्का लिएकाे थियो । याे सडक कालोपत्रे गर्न प्रदेश सरकारको ७९ कराेड रकम खर्च भएकाे छ ।