पाँचथर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाल प्रधानमन्त्रीकै कारण देशमा मुडभेडको अवस्था आउन सक्ने बताएका हुन ।
प्रेस युनियन पाँचथरले गरेको पत्रकार सम्मेलन प्रधानमन्त्री केपि शर्मा ओलीको कुराले देशमा मुडभेडको अवस्था आउन सक्ने बताएका हुन् । प्रधमन्त्री जस्तो जिम्बेवार मान्छेले नागरीकहरुलाई उतेजित बनाउने कुरा गर्दै हिड्दा देश मुडभेडको अवस्थामा पुग्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राजबादीहरुले जेठ १५ गते गर्ने आन्दोलनको बारे बोल्दै एमाले कार्यकत्ताहरुलाई जेठ १५ काठमाण्डौं एमाले कार्यकक्ताहरुको नियन्त्रणमा हुनु पर्ने बताए पछि कोइराले सो कुराको खन्डन गरेका हुन ।पाँचथरमा कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुनेकुरा दोहाएका छन् ।
उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए । नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताए । बिदेशमा समेत कुलिङ पिरियड रहने भएकाले नेपालमा पनि कुलिङ पिरियड अत्यावश्यक रहेको काेइरालाकाे दाबि रहेकाे थियाे ।
उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे ।
त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरुलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे ।