आर्थिक कारोबारमा गडबडी भएपछि भक्तपुरमा एउटा रोचक घटना भएको छ। भक्तपुरको ठिमीका धिरज श्रेष्ठले यस्तो घटना गराएका हुन्।
आफूले दिएको ५ लाख रुपैयाँ पटक पटक ताकेता गर्दा पनि नतिरेपछि श्रेष्ठ स्थानीय पेट्रोल पम्प सञ्चालक निर्माण बमजनकी श्रीमती नै उठाएका छन्।
दिएको पैसा तिर्न पटक पटक ताकेता गर्दा पनि नतिरेपछि श्रेष्ठले शनिबार भक्तपुरबाटै बमजनकी श्रीमती चमेलीमाया स्याङ्तानलाई उठाएका थिए।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार श्रेष्ठले निर्माणकी श्रीमती चमेलीमायालाई ट्याक्सीमा हालेर लगेपछि भक्तपुरकै बोडेमा बन्धक बनाएका खुलेको छ।आफ्नो पैसा नतिरेको झोँकमा निर्माणकी श्रीमती उठाएका धिरजलाई अपराध महाशाखाको टोलीले पक्राउ गरिसकेको छ।