पाँचथर । नेपाली कांग्रेस पाँचथरले नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ । शनिबार र आइतबार भएको निर्वाचनपछि पाँचथर जिल्लाका १ नगर र ७ गाउँपालिकाकाे नतिजा आएको छ ।
सदरमुकामसमेत रहेको फिदिम नगरपालिकामा प्रकाश गुरुङ पार्टी सभापति भएका छन् । केशब नेम्वाङलाई ४१ मत अन्तरले पछाडी पार्दै गुरुङ निर्बाचित भएका हुन । २ सय ६० जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेको कांग्रेसको फिदिम नगर अधिवेशनमा गुरुङले १ सय ४९ मत ल्याउदा नेम्वाङले १ सय ८ मत प्राप्त गरेका थिए । बाँकी ३ मत बदर भएको थियो ।
याङवरक गाउँपालिकामा सभापतिमा शेरबहादुर नुगो निर्वाचित भएका छन । आफ्ना प्रतिश्पर्धि सबिन माबोलाइ ३ मत अन्तरले पराजित गर्दै नुगो बिजयी भएका हुन । शेरबहादुर नुगोले ५४ मत र माबोले ५१ मत प्राप्त गरेका थिए ।
फाल्गुनन्द गाउँपालिकाको कांग्रेसको सभापतिमा सुखबिर नेम्बाङ निर्वाचित भएका छन् । आईतबार भएको निर्वाचनमा मन प्रसाद चेम्जोङलाई पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन् ।आईतबार भएको निर्वाचनमा नेम्बाङले ६४ मत र चेम्जोङले ४४ मत प्राप्त गरेकाका थिए ।
फालेलुङ गाउँपालिकामा बिरबिक्रम थाम्सुहाङ सर्बसहमतिमा सभापति चुनीएका छन् । यता हिलिहाङ गाउँपालिकामा सन्तोष लिङदेन सहमतीमा सभापति चुनिएका छन् । मिक्लाजुङ गाउँपालिकामा पनि सहमतीमा समिति बनेको छ । मिक्लाजुङमा सन्तकुमार शेर्मा सभापतिमा चुनीएका छन् । कुम्मायक गाउँपालिमामा पनि सर्वसम्मत रूपमा दुर्गाप्रसाद बम्जन सभापति छानिए । तुम्बेवा गाउँपालिकामा सर्वसम्मत रूपमा बाबुराम खड्का सभापति छानिए ।
पार्टी केन्द्रीय तहमा देखिएको फरक गुट (समूह) अनुसार नै जिल्लाका चुनाब भएका पालिकाको नेतृत्वमा २ समुहबाट उम्मेदवार नेतृत्वका लागि भिडेका थिए । पालिका कार्य समितिमा १ सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवसहित प्रत्येक वडाबाट ३/३ सदस्य चुनिएका छन् । निर्वाचित पालिका समितिले कोषाध्यक्ष मनोनयन गर्नेछ । जिल्लाका ६० वडाको अधिवेशनबाट करिब १ हजार क्षेत्रीय प्रतिनिधि रहेका छन् । क्षेत्रीय प्रतिनिधिले नै पालिका, प्रदेश/प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला समिति र महासमिति सदस्य चुन्ने छन् ।