पाँचथर– वार्ड अधिवशेन सम्पन्न भएको जिल्लाहरुमा नेपाली काग्रेसको पालिका अधिवेशन हुदै छ । मुलुक संघियतामा गएपछि बनेको विधानबाट पहिलो पल्ट स्थानीय तह स्तरमा काग्रेसको अधिवेशन हुदैँ छ ।
पाँचथरका आठै स्थानीय तहमा आज अधिवेशन हुदै छ । ६० वाट वार्डबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिले पालीकामा नेतृत्व चयन गर्ने छ । सभापति सहितको कार्यसमितिको लागि प्रतिस्पर्धा हुदै छ ।
पाँचथर फालेलुङ, हिलिहाङ र मिक्लाजुङ गाँउपालीका सहमति भएको छ । फालेलुङमा विरविक्रम थाम्सुहाङ, हिलिहाङमा सन्तोष लिङदेन र मिक्लाजुङमा सन्तोष शेर्मा सभापति बनाउने सहमति भएको छ । यसले आजको अधिवेशनमा औपचारीकता पाउने बताईएको छ ।
फिदिम नगरपालीका, कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र याङवरकमा नेतृत्व चयन हुन बाँकि छ ।
जिल्ला कार्यसमितिकै प्रतिस्पर्धा अनुरुपको प्यानल स्थानीय तहमा बनेको छ । जिल्ला सभापतिका लागि महासमिति सदस्य सुरेन्द्र कुमार दाहाल र हालका सचिव रुपनाराण जवेगु प्रतिपस्र्धामा छन् । दुबै समुहले पदाधिकारीको टिमनै घोषणा गरिसकेका छन् । दाहाललाई हालका सभापति नरेन्द्रकुमार केरुङ र जवेगुलाई केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेको समर्थन रहेको छ । जिल्ला अधिवेशनलाई प्रभाव पार्ने भएकाले पालीका अधिवेशनलाई निक्कै प्राथमिकता राखिएको छ ।
फिदिम, याङवरक र फाल्गुनन्द गाँउपालीकामा चुनावी प्रतिस्पर्धा निक्कै कडा हुने अनुमान हुदै छ । फिदिम नगरपालीकामा सभापति पदका लागि प्रकाश गुरुङ र केशव नेम्बाङ विच प्रतिस्पर्धा हुदै छ । गुरुङ फिदिम नगरपालीका–४ का वार्ड अध्यक्ष हुन् । उपसभापतिमा बालकृष्ण लावती, श्रीप्रसाद घिमिरे, सुकपाल तुम्बापो, सचिवमा उपेन्द्र बाँस्कोटा, नरेन्द्र गुरुङ र अविनाश भटराई रहेका छन् ।
याङवरक गाँउपालीकामा सविन माबो र शेरवहादुर नुगु विच प्रतिस्पर्धा हुदैँ छ । यस्तै फाल्गुनन्द गाँउपालीकामा सुखविर नेम्बाङ र एमपि चेम्जोङ विच प्रतिस्पर्धा हुदै छ । कुम्मायक गाँउपालीकमा दुर्गा प्रसाद बम्झन र तुलसीप्रसाद निरौला, तुम्बेवा गाँउपालीकामा बाबुराम खड्का र दिलेन्द्र शर्मा सभापतिका उम्मेद्वार रहेका छन् ।
कस्ले जित्छ भन्ने विषयमा अनेकन अड्कल बाजी भईरहेका छन् ।