पाँचथर । नेपाली कांग्रेसको १४ औँ अधिवेशनले काग्रेसका नेता कार्यकर्तामा चासो र चर्चाको विषय बनेको छ । नेपाली काग्रेस पाँचथरको अधिवेशनको रौनक निक्कै देखिएको छ । आन्तरी र बाह्य रुपमा अनेकन अनुमान र विश्लेषण हुन थालेको छ । उम्मेद्वारका आकाक्षीहरु सहितको टोली गाँउ गाँउमा पुगेर आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि पार्ने दौडमा छन् । नेपाली काग्रेसको आन्तरीक जीवनमा भएको यसप्रकारको रस्साकस्सी हेर्न लायकमात्र छैन भविष्यका अनेकन अनुमान, आशंका पनिसँगै जोडिएका छन् ।
जिल्ला सभापतिका लागि सुरेन्द्र दाहाल र रुपनाराण जवेगुबिच प्रतिस्पर्धा हुने देखिन्छ । अहिलेसम्मको परिस्थीतिलाई हेर्दा चुनावबाटमात्र नेतृत्व चयन हुने देखिन्छ । दाहाललाई हालका जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र जवेगुलाई केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेको साथ रहेको छ ।पाँचथरमा १४ औँ महाधिबेशनबाट सहमतीको नेतृत्व नआउने लगभग पक्का भएको छ । जिल्ला अधिबेशनको मिति नजिकिदै नेताहरुले नेतृत्व आफ्नो पक्षमा पार्न जिल्ला दौडाहा गरिरहेका छन् ।
दुबै पक्षले जित्ने दावि गरीरहेको छ । दाहाल महासमिति सदस्य हुन भने जवेगु जिल्ला सचिव हुन् । दाहालल १२ र १३ औँ अधिवेशनमा सभापतिका आकाक्षी थिए । १३ अधिवेशनमा चुनामा पराजित भएका थिए । रोचक यो छ कि १३ औँ महाधिवेशनमा जवेगु दाहाल टिमबाट सचिव पदका लागि चुनावमा प्रतिस्पर्धा गरी विजयी भएका थिए । जवेगु १२ जिल्ला अधिवेशनमा सदस्यमा निर्वाचित भएका थिए ।
जिल्ला सभापतिका आकांक्षीद्वय सुरेन्द्रकुमार दाहाल र रुपनारायण जवेगूका छुट्टा छुटै समूहविच प्रतिश्पर्धा हुने पक्का भएको हो । जवेगुको टिमले एकसाता अगाबै सभापति र पदाधिकारीको नामावली सार्वजनिक गर्दै प्रचार प्रसारमा जुटेको छ । भने दाहाल पक्षले पनि पदाधिकारीका उम्मेद्वारको नामावली टुुंगो लगाएको छ ।
सुरेन्द्र दहाल प्यानल
दाहाल पक्षले उप सभापतिमा बृजहाङ आङदेम्वे र डिकेन्द्र चेम्जोङ,सचिवमा सन्तोष श्रेष्ठ र बालकृष्ण ओझा तथा सह सचिवमा तुलसी आचार्य र कृष्ण फियाकलाइ अगाडी बढाएको छ । जवेगू पक्षले उप सभापति पदका लागि समरबहादुर अधिकारी र मणीचन्द्र चेम्जोङलाई अगाडी बढाएको छ भने सचिवमा सुवराज थापा र दिपक नेपाल तथा सह सचिवमा धनसिंह नेम्वाङ र गजेन्द्र राईलाइ अगाडी बढाएको छ ।
दाहाल पक्षका बृजहाङ आङदेम्वे जिल्ला सचिब हुन् । उनि जिल्लामा बसेर कांग्रेशको राजनिति र सामाजिक कार्यमा सकृय रहीरहेका छन् । उनि कार्यकत्ता संग नजिक रहेर काम गर्ने नेताको रुपमा परिचित छन् । डिकेन्द्र चेम्जोङ पनि २०४३ सालबाट लगातार कांग्रेश राजनितिमा सकृय छन् । उनि महाधिबेशन प्रतिनिधी रहेका थिए ।
जबेगु पक्षका उप सभापति पदका समरबहादुर अधिकारी क्षेत्रीय सभापती समेत हुन् । उनि पनि लामो समयदेखि कांग्रेश राजनितिमा सकृय छन् । मणीचन्द्र चेम्जोङ लामो समय बैदेशिक रोजगारीको शिलशिलामा कोरीया बसेर आएका हुन् । यता दाहाल पक्षका सन्तोष श्रेष्ठ बिद्यार्थि राजनितिबाट निखारीएर आएका हुन् । उनि ने.बि. सघको पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनि अहिले फिदिम नगर कमिटिमा उपसभापती हुन् । बालकृष्ण ओझा बर्तमान कार्य समितिको सहसचिब र संञ्चार बिभाग प्रमुख समेत हुन् ।
रुप नारायणा जबेगु प्यानल
जवेगू पक्षकासचिव पदका सुवराज थापा र दिपक नेपाल वाण्ीज्य संघ पाँचथरका अध्यक्ष भइ सकेका हुन् । दुबै जना सदरमुकाम फिदिममा ब्यबसाय गर्दै आएका छन् । सुवराज थापा वाण्ीज्य संघ पूर्व अध्यक्ष हुन् भने दिपक नेपाल वाण्ीज्य संघको बर्तमान अध्यक्ष हुन् ।
दाहाल पक्षका सह सचिव तुलसी आचार्य ने.बि.संघ पाँचथरका बर्तमान अध्यक्ष समेत हुन् । उन दुई कार्यकल ने.बि.संघ पाँचथरको अध्यक्षका निर्वाचित भएका थिए ।
मिक्लाजुङ गाउँपालिकाका कृष्ण फियाक लामो समय देखि कांग्रेशको राजनितिमा सकृय रहेका ब्यति हुन् । जवेगू पक्षका सह सचिव गजेन्द्र राई बर्तमान कार्य समितिको आमन्त्रीत जिल्ला सदस्य हुन् । धनसिंह नेम्वाङ क्षेत्रीय कोषाध्यक्ष हुन् ।
दुबै टिमले पदाधिकारी सहित महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिका उम्मेद्वार टुंगो लगाएसँगै अव कांग्रेस पाँचथरको जिल्ला कार्य समितिका सबै पदमा निर्बाचन हुने पक्का भएको छ ।